भोजपुर टक्सारका दिपसन बालुवामा गाडिएको अवस्थामा मृत फेला
- समाचार
- July 10, 2023
भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारका दिपसन प्रधान मृत फेला परेका छन ।
साथीहरु संंग सिकार खेल्न गत शनिबार जंगल गएका दिपसन मृत अवस्थामा फेला परेका हुन ।
साथीहरु सँगै खोला गएका दिपसन नफर्के पछि परिवारले प्रहरीमा निवेदन दिएको थियो । प्रहरीले संगै जाने साथिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । स्थानियबासी र प्रहरीले खोज्ने क्रममा टक्सार र आम्तेकको बीचमा पर्ने अखुवा खोलामा बालुवामा पुरीएको अवस्थामा सव फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।