पहिचान आन्दोलनमा सहादत प्राप्त पदम लिम्बू (लाजेहाङ)लाई शहिद घोषणा गर्न माग गर्दै इटहरीमा प्रदर्शन

शेयर गर्नुहोस

इटहरी । १ नम्बर प्रदेश पुन: नामाकरणको आन्दोलनको क्रममा सहादत प्राप्त पदम लिम्बु (लाजेहाङ) लाई शहिद घोषणा गर्न माग गर्दै इटहरीमा प्रदर्शन गरिएको छ ।

शुक्रबार साँझ प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उक्त माग सहित सुनसरीको इटहरीमा प्रदर्शन गरेको हो ।

उक्त सभालाई किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम यक्तेन, किरात राई यायोक्खा प्रदेश सचिव राम कुमार मान्डुपा, संघीय लोकतान्तृक राष्ट्रिय मञ्च संघीय सहसचिव पदम तामाङ, नेपाल आदिबासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, पहिचानवादी नेता पदम अधिकारि लगायतले सम्बोधन गरेका थिए ।

‘कोशी’ खारेजी’ आन्दोलनको क्रममा घाइते भएका पहिचानवादी नेता पदम लिम्बु (लाजेहाङ) को निधन भएपछि प्रदेशको विभिन्न ठाउँमा एकसाथ प्रदर्शन गरिएको छ ।

चैत ५ गते विराटनगरमा भएकाे काेशी प्रदेश नामाकरणकाे विराेध प्रदर्शनकाे क्रममा पदम प्रहरीकाे कुटाइबाट घाइते भएका लाजेहाङको उपचारकाे क्रममा शुक्रबार (हिजो) बिहान धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

उक्त संघर्ष समितिले आज दिउँसो १ बजे देखि २ बजे सम्म प्रदेशको विभिन्न ठाउँमा जक्का जाम गरि सांकेतिक विरोध गर्ने जनाएको छ ।

भिडियोः

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…