भान्साघर माथि ट्रयाक्टर पल्टिदा आगो ताप्दै गरेकी वृद्धाको मृत्यु

शेयर गर्नुहोस

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

बिहीबार राती बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकाम तर्फ जाँदै गरेको को १ त ५५३८ नम्बर ट्रयाक्टर पल्टिदा आगो ताप्दै गरेकी ७६ बर्षीया हर्क मोती लिम्बुको ज्यान गएको हो ।

ट्रयाक्टरले पैदल यात्री स्थानिय ६२ बर्षीय दल बहादुर लिम्बुलाई ठक्कर दिदा ट्रयाक्टर अनियन्त्रित भई सडक मुनी रहेको बिशाल लिम्बुको भान्साघर माथि पल्टदा भान्साघरमा आगो ताप्दै गरेकि लिम्बुको आमा हर्क मोती समेत घाईते भएकोमा दुबै घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा हर्क मोतीको मृत्यु भएको हो । अर्का घाईते लिम्बुलाई थप उपचारको लागि धरान घोपा पठाईएको छ भने ट्रयाक्टर चालक म्याङलुङ १ का देश बहादुर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…