राष्ट्रपति विद्यादेवी भण्डारीबाट षडानन्द र योगमायाको प्रतिमा अनावरण

शेयर गर्नुहोस


भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द र सामाजिक अभियन्ता योगमाया न्यौपानेको प्रतिमा अनावरण गरेकी छन् ।
आज गृहजिल्ला भोजपुरमा विशेष कार्यक्रमबीच राष्ट्रपतिबाट साल्पासिलोछो गाउँपालिका-१ कुलुङ गौंडेनिस्थित पशुपति मन्दिरमा रहको योगमायाको प्रतिमा अनवारण गरिएको हो । बालागुरुको जन्मथलो षडानन्द नगरपालिकाको दिङ्लामा प्रतिमा पनि अनावरण गरिएको छ ।
कार्यक्रममा प्रदेश १ मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईलगायत उपस्थित थिए ।

राष्ट्रपति भण्डारीले योगमायाको योगदान विश्वमा नौलो र साहसिक रहेको बताइन् । भण्डारीले उनको जन्मथलो र कर्मथलो चिनाउन बनाउन लागिएको योगमाया आधारभूत विद्यालयले उनीप्रतिको सम्मान हुने बताइन् । त्यस्तै बालागुरु षडानन्दले जनस्तरबाट पहिलोपटक स्थापना गरेको विद्यालयले समाजसुधारको लागि महत्वपुर्ण योगदान गरेको चर्चा गरेकी छन् ।
भोजपुर(संखुवासभाको सीमा नदि अरुणलाई आधार मानेर गरिने विकास निर्माणको लाभ भोजपुरबासीले पनि पाउने गरी सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

करिब ४ घण्टा कार्यक्रममा रहेकी भण्डारीले योगमायाको समाधिस्थल साथै बालागुरु षडानन्दको जन्म घर र दिङ्ला बजारमा रहेको षडानन्द सीताराम गुठीसमेत अवलोकन गरेकी थिइन् ।

कार्यक्रमकै बीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योगमाया समाधिस्थल पार्कको शिलान्यास गरे । षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास र साल्पासिलोछो गाउँपालिका अध्यक्ष दौलत कुलुङ्गले ऐतिहासिक स्थलको पूर्वाधार विकास र भोजपुरको दिङ्ला तथा साल्पासिलिछोको पर्यटकीय प्रबर्द्धनका सम्भावनासहितको खाका प्रस्तुत गरेका थिए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…