ख्याल गर्नुहोस्ः बिहान उठेर गर्नै नहुने ७ काम

शेयर गर्नुहोस

बिहान चाँडै उठ्नु राम्रो बानी हो । हामीमध्य धेरै यस्ता पनि छौं जो बिहान उठेर पानी पिउने, मेडिटेशन गर्ने, व्यायाम गर्ने र बिहानको समय मर्निंग वाक गर्ने गर्छौं । एकातिर यी सबै बानी स्वस्थ जीवनका लागि राम्रो हो भने अर्कोतिर केही यस्ता बानी पनि हुन्छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्ने हुन्छ ।

दिनको शुरुवात जसरी हुन्छ, त्यसले हाम्रो पूरै दिनको लागि स्वास्थ्यलाई पनि प्रभावित गर्छ । यदी शुरुआत राम्रो हुन्छ भने पूरै दिन स्फूर्ति बनिरहन्छ । केही यस्ता बानी जसले हामीलाई स्वस्थ राख्छ भने केही यस्ता बानी पनि हुन्छन् जुन हामीलाई थाहा हुन्न र त्यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पारिरहेको हुन्छ । यस्तो अवस्थामा हामीले जान्नु जरुरी हुन्छ, बिहान उठेर के गर्नु राम्रो हुन्छ जसले हाम्रो स्वास्थ्यलाई हानी पुर्या‍उन सक्छ ।

धुम्रपान

धुम्रपान कुनै पनि बेला गर्न सकिन्छ, यद्यपी धुम्रपान गर्नु स्वास्थ्यलाई नोक्सान पु¥याउनु हो । तर, बिहान उठ्ने बित्तिकै सिगरेट, बिडी पिउनु धेरै नै खतरनाक हुन सक्छ । यसले क्यान्सर हुने आशंका बढी हुन्छ ।

रक्सी पिउनु

कतिपयको बानी यस्तो हुन्छ जो बिहान उठेर आफ्नो दिनको शुरुवात रक्सी खाएर गर्ने गर्छन् । बिहान उठुनासाथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्छ र हामी विभिन्न रोगको शिकार हुन सक्छौं ।

रिसाउने, झगडा गर्ने

दिनको शुरुवात सधैं सकारात्मक भावनाका साथ गर्नुपर्छ । बिहान उठ्नासाथ कोहीसँग पनि रिसाउने झगडा गर्ने बानीले तपाईंमा नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ ।

मसालेदार खाना

बिहानको समय मसालेदार खाना खानबाट टाढै बस्नु पर्छ । मसालेदार खाना खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टिकयुक्त खाना खानु स्वास्थ्यवद्र्धक हुन्छ ।

खाली पेट कफी

संसारमै हेर्ने हो भने प्रायः सबै मानिसले आफ्नो दिनको शुरुवात चिया वा कफी पिएर गर्छन् । तर, विशेषज्ञहरुका अनुसार बिहान खाली पेटमा कफी पिउनाले कोर्टिसोलको मात्रा बढाउँछ । जो शरीरका लागि हानिकारक छ ।

अशान्त हुने कार्यक्रम नहेर्ने

यदी तपाईं बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मन मशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईंको मुड बिगार्ने हुँदा तपाईंको स्वास्थ्यलाई पनि असर पार्ने हुन्छ । भड्किलो कार्यक्रमले तपाईंलाई तनाव पनि उत्पन्न गराउन सक्छ ।

फेरि सुत्ने

उठेपछि फेरि सुत्ने हामी मध्ये धेरैको बानी हुन्छ, जो बिहान उठ्न रुचाउँदैनौं । त्यस मध्ये केही यस्ता हुन्छौं जो ओछ्यानबाट उठेर सोफा या अन्य कुनै ठाउँमा गएर सुत्ने गर्छौं । यो बानी एकदमै नराम्रो बानी हो । यस्तो बानीले तपाईंको निद्रा पुरा भएर तपाईंले फ्रेश अनुभव गर्न सक्नु हुन्न । जसले गर्दा तपाईं दिनभर सुस्त देखिने र काममा पनि मन नलाग्ने हुन्छ ।

अन्य पोष्टहरु

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको…
भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस  घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको…
भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका…