संरक्षण अभाव हुँदा ओझेलमा ‘शिलासुत्केरी’
- पर्यटन
- January 5, 2023
-सुधिर राई
घोडेटार । भोजपुर जिल्लाको दक्षिणक्षेत्र साविक खैराङ गाविस ७ अर्थात हाल हतुवागढी गाउँपालिका -४ एकले पिपल नजिकै रहेको शिला सुत्केरी ढुंगा ओझेलमा परेको छ ।
अनेकौं इतिहास किंवदन्ती र धार्मिक आस्थाको रूपमा हेरिएता पनि स्थानीय, बुद्धिजीवी, समाजसेवीहरुको नजरमा नपर्दा अझैसम्म ओझेलमा परेको हो ।
हुन त शिला सुत्केरीको नामबाट स्थानीय बासिन्दाले शिला सुत्केरी प्राथमिक विद्यालय स्थापना पनि गरेका छन् । तर शिला सुत्केरी जगेर्ना, बचाउनको लागि कुनै तारबार या पर्खाल सम्म लगाइएको पाइन्न । आफ्नो पहिचान, आफ्नो सम्पती, बचाउन र प्रचार प्रसार गर्नबाट स्थानीय बासिन्दा चुकेको आभास हुने गर्दछ ।
इतिहास र किंवदन्ती अनुसार सत्य युगमा जीवजन्तु, जनवार, ढुंगा सबैले बच्चा जन्माउने गरेको र शिला सुत्केरी पनि बच्चा जन्माउदा जन्माउदै गर्दा कलियुगको सुरुवात भएकोले बिचैमा अल्पेको भन्ने इतिहासकार बुढापाकाहरुको मुख बाट सुन्न सकिन्छ । विगतमा यो बाटो तराई संग जोडने बाटोको रूपमा लिने गरिन्थ्यो । यही बाटो भएर नुन, तेल, खाद्यान्न बोकेर हिड्ने गोरेटो बाटोको रूपमा, सयौंको संख्यामा यात्रा गर्ने गरिन्थ्यो जो बटुवाहरुले यात्रा सफलता साथै कुनै चोटपटक ठेस नगागोस भनेर, फुल, तितेपाती आदि चढाउने र पुजा गर्ने ढोग्ने गरेको र आफुले चिताएको र यात्रा सफल भएको जनमानस अझैसम्म रही आएको छ ।
एउटा इतिहास बोकेर पनि स्थानीय स्तरमा कुनै निकायले चासो नदिनु दुखको कुरा हो । यद्यपी प्रचार प्रसार गर्न सकेमा स्थानीय स्तरमा जीवनस्तर उकास्न मद्दत पुग्ने छ । ( माल पाएर चाल नपाउनु , आफ्नो घरको नजीकको देउता हेला ) भन्ने उखानको याद दिलाउने गर्दछ । ग्रामीण सडक अवधारणा संगै भोजपुर सदरमुकाम , धनकुटा, उदयपुर, खोटाङ संग यो ठाउँ सम्मको बाटोले छुइसकेको छ हिजोआज ट्याकटर , बुलेरो तथा पिकअप गाडीहरु आदि पुग्ने गरेको छ । यसै क्षेत्रमा हतुवागढी संखम चुली , सयवृक्ष रुख , पात्लेपानी, पोखरी आदि पर्दछ्न् । यस क्षेत्रमा स्थानीय बजारहरु मुख्य बजार घोरेटार, पुर्णेबजार, बयाङ पर्दछ्न, भने अन्य छिमेकी बजारहरुमा बयाङबजार बालङखा, मानेभन्ज्याङबजार सम्म आन्तरिक पर्यटन क्षेत्रको रूपमा विकास गर्न सक्ने हो भने प्रत्यक्ष लाभ मिल्ने देखिन्छ । यहाँका स्थानीय बजारहरुमा पर्यटन सम्बन्धि जानकारीमूलक सूचना बोर्ड, होटेलहरु बाटो आदीको जानकारी मूलक स्थानीय स्तरबाट पहल हुन आवश्यकता देखिन्छ । यद्यपि आ-आफ्नो गाउँ क्षेत्रमा भएको पहिचान, मठ मन्दिर, पोखरी, झरनाहरु तथा एतिहासिक स्थलहरुको प्रचार प्रसार व्यवस्थापन गर्न सकेमा आफ्नै गाउँघरमा सुन फलाउन सकिन्छ । भिडियो हेर्नको लागि यो लिंकमा https://youtu.be/2p2qozbiq8g क्लिक गर्नुहोस् ।