भोजपुरमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ सत्तागठबन्धनका उम्मेदवार निर्वाचित, यस्तो छ मतपरिणाम:

शेयर गर्नुहोस

-अर्जुन राई अपहेलित
मंसिर ८, भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार सुदन किराती भोजपुर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई २ हजार ३८५ मतको अन्तरमा पराजित गर्दै गठबन्धन दलबाट माओवादी उम्मेदवार किराती विजयी भएका हुन् ।

गठबन्धन दलबाट माओवादी उम्मेदवार किरातीले २८ हजार ५ सय ७८ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री शेरधन राईले २६ हजार १ सय ९३ मत प्राप्त गरे ।

त्यस्तै नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेतले १ हजार ८७ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका ध्रुव छाङ्छा दुमी राई ९४२ मत प्राप्त गरेका हुन् ।

एक प्रतिनिधि तथा दुई प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको भोजपुरमा कुल मतदाता संख्या एक लाख २३ हजार ३ सय ७९ रहेको छ । जसमध्ये संघ तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन २०७९ मा जम्मा ६१ हजार ८ सय ३० खसेको हो ।
प्रतिनिधि सभा सदस्य तर्फ कुल सदर मत ५८ हजार ६ सय ६२ रहेको छ भने बदर मत संख्या ३ हजार १ सय ६८ रहेको छ ।

यस्तो छ प्रतिनिधि सभा सदस्य भोजपुरको अन्तिम मतपरिणाम:
१. नेपाल कम्युनिष्ट पार्टी एमालेका शेरधन राई, (सुर्य) २६,१९३
२. नेकपा (माओवादी केन्द्र)का सुदन किराती, (हसियाहथौंडा) २८ हजार ५ सय ७८
३. जसपा नेपालका ध्रुव छाङ्छा दुमी राई, (ढल्केको छाता) ९४२
४. राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र घले, (हलो) २९७
५. हाम्रो नेपाली पार्टीका रमेशप्रसाद ओझा, (लौरो) २५२
६. नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेत, (शंख) १,०८७
७. मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रप्रसाद राई, (भाले) ३८६
८. खम्बुवान राष्ट्रिय मोर्चा नेपालका ॠषिधन राई, (हथौडा) १६२
९. राष्ट्रिय स्वतन्त्र पार्टीका सनमछिरिङ शेर्पा, (घण्टी) ५००
१०. स्वतन्त्र उम्मेदवार शक्तिराज राई, (क्रस खुकुरी) १०५
११. स्वतन्त्र उम्मेदवार महेश योञ्जन, (हेलमेट) ३६
१२. स्वतन्त्र उम्मेदवार दिलिप कुमार खतिवडा, (माछा) १२२

भोजपुर प्रदेश सभा सदस्य क बाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई निर्वाचित

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा क बाट निर्वाचित भएका छन् ।

मतगणनाको क्रममा सुरुवाती अग्रता लिएका मुख्यमन्त्री राईले नेकपा एमालेका उम्मेदवार हरिबहादुर राईलाई फराकिलो मतान्तरले पराजित गराएका हुन् ।

गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरे ।

त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार मणिराज राईले ९७४ मत प्राप्त गरे ।

भोजपुरको प्रदेश सभा क तर्फ जम्मा ३२ हजार ४ सय ९ मत खसेको थियो । गठबन्धन दलका उम्मेदवार राई ३ हजार ८ सय ८७ मतको अन्तरले विजयी भएका हुन् ।

६४,३३६ जम्मा मतदाता संख्या रहेको प्रदेश क तर्फ प्रदेशसभा निर्वाचन २०७९ मा ३२,३३२ मत खसेको हो । जसमध्ये सदर मत ३०,९९२ रहेको छ भने बदर मत १,३४० रहेको छ ।

यस्तो छ भोजपुर प्रदेशसभा क बाट प्राप्त दलगत मतपरिणाम

१. नेकपा एमालेका हरिबहादुर राई (सुर्य)- १२,२२३
२. नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई (कलम)- १६,११०
३. जसपा मणिराज राई (छाता)- ९७४
४.राप्रपा फुर्वा दोर्ची शेर्पा (हलो)- ६७०
५.मगोल नेशनल अर्गनाइजेसनका अनिल राई (भाले)- ५३८
६.हाम्रो नेपाली पार्टीका लक्ष्मी प्रसाद अधिकारी (लौरो)- ३८६
७. निष्कृय उमेदवार उत्तम कुमार चापागाईं (धारा)- ९१

भोजपुर प्रदेश ख बाट कांग्रेस उम्मेदवार विनोद बान्तावा निर्वाचित

प्रदेशसभा तर्फ भोजपुर निर्वाचन क्षेत्र ख बाट गठबन्धन दलबाट नेपाली कांग्रेस उम्मेदवार विनोद बान्तावा विजयी भएका छन् ।

२०१५ साल पछिका हरेक संसदीय निर्वाचनमा पराजित बनेको काङ्ग्रले यसपटक भने ६४ वर्षपछि जित हात पारेकाे हाे ।

कांग्रेसका राईले १३ हजार ५ सय ७९ मत प्राप्त गरि विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खड्क बहादुर कार्कीले १२ हजार ८ सय २८ मत प्राप्त गरे भने जनता समाजवादी पार्टीका उम्मेदवार आश कुमार राईले १ हजार ३ सय २ मत प्राप्त गरेका हुन् ।

५९ हजार १ सय ४३ कुल मतदाता संख्या रहेको प्रदेश सभा सदस्य निर्वाचन भोजपुर क्षेत्र नम्बर दुईमा जम्मा खसेको मत २९ हजार ४ सय ७४ रहेको छ । जसमा कुल सदर मत २८ हजार ३ सय २५ रहेको छ भने कुल बदर मत १ हजार १ सय ४९ रहेको छ ।

भोजपुर प्रदेशसभा ख तर्फ प्राप्त दलगत मतपरिणाम:
१. नेपाली कांग्रेसका विनोद बान्तावा (रुख) १३,५७९
२. नेकपा एमालेका खड्क बहादुर कर्की (सुर्य) १२,८२८
३. जनता समाजवादी पार्टी नेपालका आशाकुमार राई (छाता) १३०२
४. राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहादुर श्रेष्ठ (हलो) २२५
५. हाम्रो नेपाली पार्टीका भरत कुमार ताम्राकार (लौरो) ३३५
६. निष्क्रिय स्वतन्त्र उम्मेदवार सुर्यप्रसाद राई (पानीको थारा) ५६

यो सँगै भोजपुरमा प्रतिनिधि र प्रदेश सभा तर्फ दुई वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । भोजपुरमा सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा र अन्य दल एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका थिए ।

अन्य पोष्टहरु

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको…
भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस  घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको…
भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका…