लोसपाको विजयी सुरुवात, लुम्बिनी प्रदेशसभामा खोल्यो खाता
- समाचार
- November 22, 2022
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा आफ्नो पहिलो जित दर्ता गराएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (क) को प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन् ।
कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २ सय ५३ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।
आचार्यले निर्वाचन कार्यालयले प्रतिनिधिसभाको मत गन्न बाँकी रहेकाले र केही मत थप हुनसक्ने भएकाले आधिकारिक घोषणा नगरेको तर गणना भएको तथ्यांक सार्वजनिक गरेको नेपाल प्रेसलाई बताए ।