लोसपाको विजयी सुरुवात, लुम्बिनी प्रदेशसभामा खोल्यो खाता

शेयर गर्नुहोस

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा आफ्नो पहिलो जित दर्ता गराएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (क) को प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन् ।

कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २ सय ५३ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

आचार्यले निर्वाचन कार्यालयले प्रतिनिधिसभाको मत गन्न बाँकी रहेकाले र केही मत थप हुनसक्ने भएकाले आधिकारिक घोषणा नगरेको तर गणना भएको तथ्यांक सार्वजनिक गरेको नेपाल प्रेसलाई बताए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…