धरानका मेयर साङ्पाङको श्रमअभियानलाई किराया बेलायतले गर्यो डेढ लाख आर्थिक सहयोग तथा सम्मान

शेयर गर्नुहोस

१७ भाद्र, धरान । सुनसरीको धरान उपमहानगर पालिकाका मेयर हर्क साङ्पाङको श्रम अभियानमा किरात राई यायोक्खा बेलायतले आर्थिक सहयोग प्रदान गरेको छ ।

किरात राई विद्यार्थी (किरावी) संघको २४ औं स्थापना दिवसको अवसरमा किराया बेलायतद्वारा एक लाख पचास हजार आर्थिक सहयोग प्रदान गरिएको हो ।

बिहीबार किरावि संघद्वारा धरान स्थित आयोजित श्रमदान तथा वृक्षरोपण कार्यक्रमको उद्घाटनको क्रममा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष एवं प्रतिनिधि जितेन्द्र साङ्पाङ राईले उक्त सहयोग रकमको चेक धरानका मेयर हर्क साङ्पाङलाई हस्तान्तरण गरेका हुन् ।

सम्मान स्वरुप मेयर साङ्पाङलाई किराँती संस्कार अनुसार शिरमा फेटा गुठाएर किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले सम्मान पत्र प्रदान गरेका थिए भने किरात राई विद्यार्थी संघका संस्थापक सदस्य भिम राईले मायाको चिनो स्वरुप चिण्डो प्रदान गरेका हुन् ।

सहयोग रकम ग्रहण गर्दै मेयर साङ्पाङले मेयर पद पाँच वर्षको लागि भएको तर श्रम अभियान जिवन्त रहने बताए । आफ्नो घर बनाउन कुनै ढुङ्गा नबोकेको उल्लेख गर्दै मेयर साङ्पाङले धराने जनतालाई खानेपानीको काकाकुल अवस्थाबाट मुक्त पार्न चाहेको बताएका छन् ।
आफुले भूमि, प्रकृतिको संरक्षण गर्न तथा जोगाउन पर्छ भन्ने अभियान सञ्चालन गरिरहेको मेयर सङ्पाङको भनाइ छ ।

किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष जितेन्द्र साङ्पाङ राईले आफू पनि धेरै बोल्नु भन्दा काम गर्न पर्छ भन्ने मानसिकता राख्ने व्यक्ति भएको बताए ।
उनले भने, ‘धरानका मेयर हर्क सङ्पाङको चर्चा श्रम अभियानकै कारण चुलिदै गएको छ । सबै ठाउँमा धेरै नेताहरु भेटिए पनि उहाँको जस्तो सोच भएको जनप्रतिनिधि विरलै पाइन्छन् ।’

‘मान्छे कर्म र गति दुई कारणले चर्चित बन्ने गरेका छन्, मेयर हर्क साङ्पाङ दुवै कारणले चर्चामा छन्’ किरात राई विद्यार्थी संघका संस्थापक सदस्य भिम राईले भने, ‘सामाजिक अभियानबाट उदाएका हर्क साङ्पाङमा सामाजिज अभियान्को विद्रोही स्वभाव रहेको छ ।’

मेयर साङ्पाङको धरानमा विकासका लागि गरिने सम्पूर्ण कार्यमा सहयोग र समर्थन रहने किरावी संघ संस्थापक सदस्य भिम राईले बताए ।

मेयर साङ्पाङको श्रम अभियानबारे बोल्दै किरावी संघका अध्यक्ष रामचन्द्र राईले विभिन्न विकसित मुलुकले श्रम संस्कृतिको अवलम्बन गरेरै फड्को मार्न सकेको उल्लेख गरे ।

जसले नयाँ ढंगबाट काम गर्न खोज्छ ऊ प्रती चौतर्फी घेराबन्दी हुने संस्कार देशमा रहेको उल्लेख गर्दै उनले मेयर हर्क साङ्पाङलाई सामुहिक रुपमा घेराबन्दी पार्न खोजिएको बताए । अध्यक्ष राईले भने, ‘मेयर हर्क साङ्पाङलाई असफल पार्न गरिएको गतिविधि प्रती किरात राई विद्यार्थी संघले खेद व्यक्त गर्दै खण्डन गर्नेछ, उहाँको समाज बनाउने, देश बनाउने अभियान छ, त्यस अभियानमा किरात राई विद्यार्थी संघ शतिसाल झैं उभिएर अघि बढ्न तयार छ ।’

स्थापना दिवसको अवसरमा किरावि संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई र महासचिव अन्जिलहाङ किरातीको नेतृत्वमा सर्दु,खर्दु तथा निशाने खोलामा राई विद्यार्थीहरुले गिट्टी कुटेर श्रमदान गरेका छन् ।

सयौंको संख्यामा उपस्थित राई विद्यार्थीहरुले सर्दु,खर्दु तथा निशाने खोलामा निर्माणाधीन खानेपानी ट्याङ्कीका लागि आवश्यक गिट्टि कुटेर श्रम गरेका हुन् । सोही अवसरमा खोलाको मुहान क्षेत्रमा कागती, रुद्राक्ष लगायतको बिरुवा रोपेर वृक्षरोपण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा किरावि संघ जनता क्याम्पस इटहरी, किरावि संघ महेन्द्र बहुमुखी क्याम्पस धरान, सुकुना बहुमुखी क्याम्पस मोरङ, किरात राई विद्यार्थी संघ झापाका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…