प्रेस चौतारी भोजपुरको आयोजनामा अनलाइन पत्रकारिता तालिम सुरु

शेयर गर्नुहोस

भोजपुर । प्रेस चौतारी नेपालको भोजपुर शाखाको आयोजनामा दुई दिन अनलाइन पत्रकारिता शुरु भएको छ ।

सोमबार प्रेस चौतारी नेपाल पूर्व संस्थापक उपाध्यक्ष यज्ञ शर्माको प्रमुख आतिथ्यतामा उक्त तालिमको उद्घाटन गरिएको हो ।

प्रेस चौतारी प्रदेश १ को सहकार्यमा आयोजित उक्त तालिममा जिल्लाका ८ ओटा स्थानीय तहका ४३ जनाको सहभागिता रहेको छ ।

पत्रकारिता क्षेत्रमा युवा पुस्तालाई अगाडी बढाउने तथा आधुनिक युग अनुसारको सुचना सम्प्रेषण सम्बन्धी दक्ष पत्रकार उत्पादनको लागि दुई दिने अनलाइन पत्रकारिता तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिमको सहजिकरण प्रेस चौतारी नेपाल प्रदेश १ का अध्यक्ष अविजल विष्ट, नेपाल पत्रकार महासंघ प्रदेश १ सचिव देवेन्द्र कार्की र प्रेस चौतारी नेपाल पूर्व संस्थापक उपाध्यक्ष यज्ञ शर्माले गरिरहेका छन् ।

प्रेस चौतारी नेपाल भोजपुरका अध्यक्ष मोहन दुरालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा नेकपा एमाले भोजपुरका अध्यक्ष सरण कुमार राई, उपाध्यक्ष मकर खड्का, नेकपा एमाले प्रदेश कमिटि सदस्य गणेश श्रेष्ठ, प्रेम कार्की, युवा संघ नेपाल केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज ज्ञानेन्द्र राई, प्रेस सेन्टर भोजपुरका सचीव प्रमित सिप्तुङ राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भोजपुर अध्यक्ष सारदा तामाङ , नेपाल पत्रकार महासंघ भोजपुरका सचीव अर्जुन बस्नेत लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…