एमाले प्रवेश गर्न लागेका रंगेलीका मेयर अग्रवाललाई केपी ओलीले स्वागत गर्ने

शेयर गर्नुहोस

विराटनगर । माओवादी केन्द्रबाट मोरङको रंगेली नगरपालिका प्रमुख बनेका (मेयर) दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन् ।

एमालेले आज बिहान ११ बजेदेखि गर्ने जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै पुगेर सम्बोधन गर्ने र सोही सभामा मेयर बगडियालाई पार्टी प्रवेश गराउन लागेको हो ।

माओवादी केन्द्रबाट निर्वाचित बगडियासहित उपाध्यक्ष केशवकुमारी खराल तथा वडाध्यक्षहरू एमालेमा प्रवेश गर्न लागेका हुन् ।

माओवादी र एमालेको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए । एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।

माओवादीले उनलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो । तर, उनी आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिँदै आएका थिए ।

बगडिया मोरङमा माओवादी केन्द्रबाट निर्वाचित हुने एक मात्र पालिका प्रमुख हुन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…