भोजपुरको लुङथुङमा १० बर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोस

माघ १०, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थित लुङथुङमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

आफ्नो हजुरआमा सँगै बस्दै आएकी १० बर्षीया अर्चना राई बुधबार बिहान घरैमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।

मृत शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको इलाका प्रहरी कार्यलय घोडेटारका प्रमुख विक्रम शाहले जानकारी दिएका छन् ।
बालिकाले झुण्डिएर छट्पटी रहेको अवस्थामा उनकी हजुरआमाले देखेपछि बालिका झुण्डिएको डोरी काटेर बचाउन खोजेपनि तुरुन्तै उनको मृत्यु भएको वडाध्यक्ष चन्द्रबहादुर बिष्टले जानकारी दिए ।
विगत केही समय यता आफ्नो बुबा सँगको कुराकानीमा ‘एक्लो भएँ म मर्छु’ भन्ने कुरा गर्दै आएकी उनको आत्महत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय घोडेटारका इन्सपेक्टर विक्रम शाहले जानकारी दिए । उनका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएकोे र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

स्थानीयका अनुसार उनका बुबा वैदेशिक रोजगारीमा रहेका छन । केही समय अगााडी आमाले अर्को बिहे गरेपछि एक्लो बनेका उनी आफ्नी बहीनी सँग हजुरआमाको साथमा बस्दै आएकी थिइन् ।

 

यो पनि:

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…