पहिचान आन्दोलनमा सहादत प्राप्त पदम लिम्बू (लाजेहाङ)लाई शहिद घोषणा गर्न माग गर्दै इटहरीमा प्रदर्शन

शेयर गर्नुहोस

इटहरी । १ नम्बर प्रदेश पुन: नामाकरणको आन्दोलनको क्रममा सहादत प्राप्त पदम लिम्बु (लाजेहाङ) लाई शहिद घोषणा गर्न माग गर्दै इटहरीमा प्रदर्शन गरिएको छ ।

शुक्रबार साँझ प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उक्त माग सहित सुनसरीको इटहरीमा प्रदर्शन गरेको हो ।

उक्त सभालाई किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम यक्तेन, किरात राई यायोक्खा प्रदेश सचिव राम कुमार मान्डुपा, संघीय लोकतान्तृक राष्ट्रिय मञ्च संघीय सहसचिव पदम तामाङ, नेपाल आदिबासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, पहिचानवादी नेता पदम अधिकारि लगायतले सम्बोधन गरेका थिए ।

‘कोशी’ खारेजी’ आन्दोलनको क्रममा घाइते भएका पहिचानवादी नेता पदम लिम्बु (लाजेहाङ) को निधन भएपछि प्रदेशको विभिन्न ठाउँमा एकसाथ प्रदर्शन गरिएको छ ।

चैत ५ गते विराटनगरमा भएकाे काेशी प्रदेश नामाकरणकाे विराेध प्रदर्शनकाे क्रममा पदम प्रहरीकाे कुटाइबाट घाइते भएका लाजेहाङको उपचारकाे क्रममा शुक्रबार (हिजो) बिहान धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

उक्त संघर्ष समितिले आज दिउँसो १ बजे देखि २ बजे सम्म प्रदेशको विभिन्न ठाउँमा जक्का जाम गरि सांकेतिक विरोध गर्ने जनाएको छ ।

भिडियोः

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…