पहिचान बिनाको प्रदेशको नाममा किरात राई यायोक्खाको असहमति, सबै प्रकारको आन्दोलन गर्ने चेतावनी
- समाचार
- March 1, 2023
विराटनगर । प्रदेश नं. १ को नामाकरणको विषयलाई लिएर किरात राई यायोक्खाले किरात पहिचान बिनाको नाममा असहमति जनाएको छ ।
यायोक्खाले एक विज्ञप्ति सार्वजनिक गर्दै इतिहास, भुगोल, सभ्यता र संस्कृति देशको गौरव भएको भन्दै प्रदेश एकलाई किरात प्रदेश नामाकरण गर्न माग गरेको हो ।
किरात पहिचान बाहेकका नामाकरण गर्न खोजिए सबै प्रकारको आन्दोलन गर्ने यायोक्खाले चेतावनी दिएको छ ।