चितवन २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ दल दर्ता

शेयर गर्नुहोस

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ राजनीतिक दलले दल दर्ता भएका छन् ।

आउँदो वैशाख १० गते उपनिर्वाचन हुने चितवन–२ मा उपनिर्वाचनका लागि नयाँ पुरानासहित गरी १८ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराइएको हो ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गराएको आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गत मंसिर ४ गते भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजय हासिल गरेका थिए ।

सर्वोच्च अदालतले नागरिकता सम्बन्धी रिटमा लामिछानेलाई दोषी ठहर गरेपछि सांसद पद गुमेको थियो । सर्वोच्चको आदेशपछि निर्वाचन आयोगले त्यस क्षेत्रमा उपनिर्वाचनको मिति तोकेसँगै पुनः चुनाव हुने भएको हो ।

332862531_125223903623726_5386688319931675974_n1677643270.jpg

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…