चितवन २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ दल दर्ता
- राजनीति
- March 1, 2023
काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ राजनीतिक दलले दल दर्ता भएका छन् ।
आउँदो वैशाख १० गते उपनिर्वाचन हुने चितवन–२ मा उपनिर्वाचनका लागि नयाँ पुरानासहित गरी १८ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराइएको हो ।
नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गराएको आयोगले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गत मंसिर ४ गते भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजय हासिल गरेका थिए ।
सर्वोच्च अदालतले नागरिकता सम्बन्धी रिटमा लामिछानेलाई दोषी ठहर गरेपछि सांसद पद गुमेको थियो । सर्वोच्चको आदेशपछि निर्वाचन आयोगले त्यस क्षेत्रमा उपनिर्वाचनको मिति तोकेसँगै पुनः चुनाव हुने भएको हो ।