भोजपुरको संघ र प्रदेश दुवैतर्फ सत्तागठबन्धनको अग्रता कायमै

शेयर गर्नुहोस

भोजपुर । जिल्लामा प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि मतगणना जारी रहँदा सत्ता गठबन्धन दलको अग्रता कायम रहेको छ ।

प्रतिनिधि सभा तर्फ एक तथा प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा गठबन्धन दलको अग्रता कायमै रहेको हो ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले ४ हजार ४ सय ८२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई पछ्याइ रहेका नेकपा एमालेका उम्मेदवार शेरधन राईले ३ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।

भोजपुर प्रदेश सभा क तर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र राईको सुरुवाती अग्रता जारी रहेको छ ।

गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र राईले ८ हजार ४ सय ७७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार सुर्य बहादुर राईले ३ हजार ६ सय १५ मत प्राप्त गरे ।

त्यस्तै भोजपुरमा प्रदेशसभा ख तर्फ गठबन्धन दलबाट नेपाली काँग्रेसका उम्मेदवार विनोद बान्तावाले अग्रता लिएका छन् ।

सुरुवाती अग्रता लिएका नेकपा एमालेका उम्मेदवार खड्क बहादुर कार्कीलाई पछि पार्दै बान्तावाले अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार बान्तावाले २१ सय ९४ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार कार्कीले १९ सय ८८ मत पाएका छन् ।

भोजपुरमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कुल एक लाख २३ हजार ३७९ मतदाता मध्ये ६२ हजार १८१ जना मतदाताले मतदान गरेका गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहका ८७ ओटा मतदान स्थलको एक सय ५७ मतदान केन्द्रमा सौहर्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…