कोप्चे/चुवार-घोडेटार यातायात भाडा समायोजन, यस्तो छ आज देखि लागू भाडादर

शेयर गर्नुहोस

१२ असोज, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित घोडेटार देखि चुवार/कोप्चे सम्मको लागि भाडादर समायोजन गरिएको छ ।

यसअघि चालकहरुले तेलको मूल्य बढेको तथा बाटोको अवस्था देखाउँदै मनोमानी भाडा असुल्दै आएको स्थानीयको गुनासो पछि नयाँ भाडादर कायम गरिएको हो ।

मंगलबार गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष सुनिता किराती, ९ वटै वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरुको रोहवरमा हतुवागढी यातायात प्रालिका प्रतिनिधि प्रकाश बस्नेत, इलाका प्रहरी कार्यलय घोडेटारका प्रतिनिधि, यातायात व्यवसायी र प्रत्येक वडाका स्थानीयबीच भएको छलफल पछि दसैंभरका लागि नयाँ भाडादर कायम गरिएको हो ।

बुधबार (आज) देखिनै नयाँ भाडादर लागू हुने भएको छ । तोकिएको भाडादर भन्दा बढी लिएको पाइएमा छानबिनका लागि हतुवागढी-१ का वडाध्यक्ष कुमार बिष्टको संयोजकत्वमा ५ नम्बर वडाध्यक्ष सुरेश कुमार राई, ९ नम्बर वडाध्यक्ष सञ्जाल राई, इलाका प्रहरी कार्यलय प्रतिनिधि एक जना, यातायात व्यवसायी प्रतिनिधि २ जना र गाउँपालिका प्रशासन शाखाबाट १ जना प्रतिनिधिको सहभागिता रहनेगरी समिति गठन गरिएको छ । हाल कायम गरिएको भाडादर दसैं अवधिभर लागू गरिने छ भने दसैं पछि पुनः छलफल गरि भाडादर परिमार्जन गरिने जनाइएको छ ।

छलफलको निर्णय अनुसार हतुवागढी प्रालिले चाडपर्व लक्षित काउन्टरको विस्तारित सेवा कोप्चे / चुवारमा समेत उपलब्ध गराउने भएको छ ।

यस्तो छ आज देखि लागू गरिएको कोप्चे/चुवार-घोडेटार भाडादर:

१, कोप्चे/चुवारबाट उखुबारी गोपाल चोक रु. १५०
२, कोप्चे/चुवारबाट हसनपुर ९ नं. वडाकार्यलय रु. २००
३, कोप्चे/चुवारबाट ज्यामिरे भञ्ज्याङ् रु. ३००
४, कोप्चे/चुवारबाट सापिन्टार रु. ३५०
५, कोप्चे/चुवारबाट बिधापोखरी/पात्लेपानी रु. ४५०
६, कोप्चे/चुवारबाट पिपलडाडा रु. ५००
७, कोप्चे/चुवारबाट घोरेटार रु. ६००

घोडेटार-कोप्चे/ चुवार
१, घोडेटारबाट उखुबारी गोपाल चोक रु. ४५०
२, घोडेटारबाट ९ नं. वडाकार्यलय रु. ४००
३, घोडेटारबाट ज्यामिरे भञ्ज्याङ् रु. ३००
४, घोडेटारबाट सापिन्टार रु. २५०
५, घोडेटारबाट बिधापोखरी/पात्लेपानी रु. १५०
६, घोडेटारबाट पिपलडाडा रु. १००
७, घोडेटारबाट कोप्चे/चुवार रु. ६००

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…