हतुवागढी ९ बाट चोरीको मोटरसाइकल पक्राउ गरि सम्बन्धित धनीलाई बुझाइयो

शेयर गर्नुहोस

१५ भाद्र, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ९ बार्ताङबाट चोरीको मोटरसाइकल पक्राउ गरि सम्बन्धित धनीलाई बुझाइएको छ ।

सोमबार प्रहरी चौकी हसनपुरका प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठको नेतृत्वमा चेक जाँच गर्ने क्रममा प्र.१-०२-०४० प ७१५४ नं.को NS पल्सर मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दो रहेकाले कडाइका साथ चेकजाँचको कार्य जारी रहेको प्रहरी चौकी हसनपुरले जनाएको छ ।

मोटरसाइकलमा सवार रहेका दुई व्यक्ती फरार भए पछि उक्त मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय घोडेटारलाई बुझाइएको प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठले जानकारी दिए ।

आवश्यक अनुसन्धान पश्चात मोटरसाइकल सम्बन्धित धनी सुनसरीको धरान -१८ रत्नचोक बस्ने प्रवीण राईलाई इलाका प्रहरी कार्यलय घोडेटारमा बोलाइ कार्यालयका प्रमुख प्र .नि. धन बहादुर राजवंशीले मंगलबार (हिजो) हस्तान्तरण गरेका हुन् ।

उक्त मोटरसाइकल केही दिन अगाडि विपि स्वास्थ्य प्रतिष्ठान, धरान बाट हराएको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…