हतुवागढी-२ मा एमाले परित्याग गरि १२ जना कांग्रेस प्रवेश
- समाचार
- May 10, 2022
घोडेटार । भोजपुरको हतुवागढी -२ मा नेकपा एमाले परित्याग गरि १२ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार (हिजो) हतुवागढी -२ लुङ्गिनमा सम्पन्न नेपाली कांग्रेसको चुनावी सभाको अवसरमा पार्टी प्रवेश गराइएको हो ।
पार्टी प्रवेश गर्नेहरुमा अजय राई, अरुण कार्की, उदय राई, नेपाल मान राई, पदम राई, थमान सिंह राई, सन्दिप कार्की, पवन मगर, धन कुमार राई, आश्विन राई, प्रताप राई र सेतुमान लम्जेल रहेका छन् ।
नेपाली कांग्रेस हतुवागढी-२ द्वारा आयोजित उक्त चुनावी सभामा नेपाली कांग्रेस क्षेत्रीय सभापति मदन खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।
कांग्रेसबाट हतुवागढी -२ का अध्यक्ष उम्मेदवार नारद राई, गठबन्धन बाट पालिका प्रमुखका उम्मेदवार गजेन्द्र बहादुर कार्की, उप प्रमुखको उम्मेदवार सुनिता किराती, कांग्रेस नेता दिनेश घिमिरे लगायतले सभालाई सम्बोधन गरेका थिए ।
सभामा नेकपा माओवादी केन्द्र हतुवागढी अध्यक्ष श्याम हाङ्खिम, नेपाली कांग्रेस जिल्ला सदस्य विजय मोक्तान लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।