हतुवागढीमा युवा संघद्वारा चैत ११ गते भेला तथा प्रशिक्षण गरिने

शेयर गर्नुहोस

घोडेटार । राष्ट्रिय युवा संघ भोजपुरले हतुवागढीमा पालिका स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

संघले चैत्र ११ गते आयोजना गरेको उक्त भेलाले हतुवागढी पालिका स्तरीय राष्ट्रिय युवा संघ नेपाल पालिका कमिटी समेत निर्माण गर्ने जनाइएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष रोशन बस्मेतको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त कार्यक्रममा करिब २५० जना युवाहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

चैत ११ गते दिउँसो १२ बजे देखि हुन लागेको उक्त युवा भेला तथा प्रशिक्षण कार्यक्रममा प्रत्येक वडाबाट कम्तिमा १५ जनाको उपस्थिति गराएर प्रशिक्षित गराइने राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरका सचीव रविन थापाले जानकारी दिए ।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा वक्ताको रुपमा प्रमुख अतिथी लगायत नेकपा एमाले प्रदेश न-१ कमिटी सचिवालय सदस्य लगायत जिल्ला स्तरका नेताहरुबाट उपस्थिति युवाहरुलाई प्रशिक्षित गराईने जनाइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…