हतुवागढीले जित्यो अन्तर पालिका स्तरीय पुरुष भलिबल रनिङ शिल्डको उपाधी

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी-१ घोडेटारमा आयोजित अन्तर पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा झापा गाउँपालिकालाई १-३ को सेटमा पराजित गर्दै हतुवागढी गाउँपालिका विजेता बनेको हो । 

हतुवागढी खेलकुद विकास समितिको आयोजनामा चैत २ गते देखि जारी उक्त हतुवागढी अन्तर पालिका स्तरीय पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । 

उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रदेश एक खेलकुद सदस्य सचीव परशुराम बस्नेत र हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको उपाधी विजेता हतुवागढी भालिबल टिमले नगद १ लाख ५० हजार ५ सय ५५ र साथमा शिल्ड, म्याडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले नगद १ लाख १ हजार १११ र साथमा म्याडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै शनिबारै सम्पन्न महिला तर्फको फाइनल खेलमा रामप्रसाद राई गाउँपालिकालाई हराउदै आमचोकले जित सुनिश्चित गरेको हो । 

खेल अवधिभर निर्णायकको भुमिकामा प्रादेशिक रेफ्री नवीन रिजाल, राजु पाठक र सरस्वती राई रहेका थिए । 

फाइनल खेलको पुरुष तर्फको वेस्ट स्पाइगरको उपाधी ग्रहण गर्दै हतुवागढी भलिबल टिमका अनिस राई    

वेस्ट लिफ्टरको उपाधी ग्रहण गर्दै हतुवागढी भलिबल टिमका एमन राई 

वेस्ट डिफेन्सको उपाधी ग्रहण गर्दै हतुवागढी भलिबल टिमका जीवन राई 

वेस्ट ब्लकरको उपाधी ग्रहण गर्दै झापा गाउँपालिका भलिबल टिमका रोहित शिवाकोटी 

वेस्ट प्लेयरको उपाधी ग्रहण गर्दै हतुवागढी भलिबल टिमका खेलाडी राजकुमार तामाङ

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…