प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलन गर्दै

शेयर गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलनमा उपसभापतिहरू, महामन्त्रीहरूलगायत पार्टीका शीर्ष नेताको उपस्थिति रहने छ । कांग्रेसले स्थानीय तहका लागि ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ नारा तय गरेको छ ।
सोही नारामा आधारित भएर अभियान चलाउन लागिएको र त्यसको घोषणा सभापति देउवाले गर्ने कांग्रेसका मुख्य सचिव तथा राष्ट्रिय सभा सदस्य कृष्ण पौडेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै अन्य राजनीतिक दलहरूले पनि स्थानीय तह लक्षित निर्वाचन कार्यक्रमलाई तीव्रता दिएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…