नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको विषय विवादित बनेको छ ।

पात्लेपानी स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविका छनोटका लागि सञ्चालन गरेको परिक्षा र नतिजा दुवै वदरको सूचना प्रकाशित गरेपछि उक्त विषय विवादित बनेको हो ।

छनोट प्रकृयाको आवेदन खुलाउने देखि नतिजा बदरको सबै कार्य गाउँपालिका स्वस्थ्य शाखाको निर्देशन बमोजिम गरिएको पात्लेपानी स्वास्थ्य चौकी प्रमुख मेनुका कार्कीले बताइन ।

साविक पात्लेपानी गा.वि.स. ३ खुकैलामा गत साउन ४ गतेबाट रिक्त रहेको महिला स्वास्थ्य स्वयंसेविका छनौटका लागि हात्तीसखा स्वास्थ्य आमा समूहको मिति २०८१/०४/१५ को बैठकमा सर्वसम्मतिबाट स्वयंसेविका छनौट हुन नसकी लिखित र मौखिक परिक्षाबाट छनोट गर्ने भनि निर्णय भए अनुसार आवश्यक प्रकृया पु¥याएर खुल्ला प्रतिस्पर्धा मार्फत श्रावण २८ गते स्वास्थ्य चौकी पात्लेपानीमा लिखित र मौखिक परिक्षा सञ्चालन गरिएको थियो । श्रावण १५ गते ७ दिनको समय राखी प्रकाशन गरिएको सूचना बमोजिम ४ जनाले आवेदन पेश गरेका थिए । पात्लेपानी स्वास्थ्य चौकी प्रमुख र हतुवागढी गाउँपालिका स्वस्थ्य शाखा संयोजकको उपस्थितिमा गरिएको परिक्षाबाट छनोट भएको नन्दा राई विरुद्ध हात्तीसखा स्वास्थ्य आमा समूहले साविकको २ नं. वडामा बसोबास गर्ने तथा डाँडाखर्क स्वास्थ्य आमा समूहको कोषाध्यक्षमा कामकाज गर्दै आएको कारण देखाइ उक्त छनोट प्रकृया वदर गरीपाउँ भनि भाद्र १९ गते पेश गरेको निवेदनको आधारमा परिक्षा र नतिजा दुवै वदर गरिएको स्वास्थ्य चौकीबाट जारी सूचनामा उल्लेख छ । अशोज ६ गते प्रकाशित उक्त सूचना अनुसार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो शैसोधन २०७६) मा व्यवस्था भए बमोजिम लिखित र मौखिक परिक्षाबाट छनोट गर्ने भनि निर्णय गर्ने हात्तीसखा महिला स्वास्थ्य समूहलाई नै स्वयंसेविका छनौटको सम्पूर्ण अधिकार प्रदान गर्दै स्वयंसेविका छनोट गरी पठाउन माग गरिएको छ ।

वडाध्यक्ष प्रेम बहादुर थापाले स्वयंसेविका आवेदन माग र परिक्षा सञ्चालन बारे कुनैपनि जानकारी नभएकाले आफू परिक्षामा सहभागी नभएको बताएका छन् । पात्लेपानी स्वास्थ्य चौकी र गाउँपालिका स्वास्थ्य शाखाले समस्याको समाधान गर्नु पर्ने वडाध्यक्ष थापाको भनाइ छ ।

स्वास्थ्य चौकीमा आफैले सञ्चालन गरेको परिक्षा, नतिजा प्रकाशन पछि वदरको सूचना प्रकाशन गर्नु कार्यलय प्रमुखको लापरबाही भएको भन्दै आलोचना हुन थालेको छ । प्रतिस्पर्धामा सहभागी मध्ये छनौट गरिएको नन्दा राईको बारे उजुरी परेपनि वैकल्पिक उम्मेदवारलाई जिम्मेवारी नदिएर पुनः अर्को व्यक्ति माग गरिनु नियमसंगत नभएको भन्दै स्थानियले विरोध जनाएका छन् ।

यता नन्द राईले भने परिक्षामा सहभागी हुनु अगावै आफ्नो सम्पूर्ण विवरण बुझाएको र योग्य ठहरिएर नै परिक्षामा सहभागी भई नतिजा प्रकाशन पछि गरिएको विवाद पूर्वाग्रहपुर्ण रहेको बताउँदै आफू माथि भएको यो मानसिक हिंशाका विरुद्ध कानुनी उपचार खोज्ने बताइन् ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो शैसोधन २०७६) मा व्यवस्था भए बमोजिम स्वास्थ्य स्वयंसेविका छनौट गर्ने अधिकार सम्बन्धित आमा समूहको रहने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । लिखित र मौखिक परिक्षाबाट स्वयंसेविका छनौट गरिएतापनि अर्कै आमा समूहमा आवद्ध उम्मेदवार छनोट भएकाले विवाद हुँदा परिक्षा नै रद्ध गर्नुपरेको बताइएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…