माघ २४ देखि जनता क्याम्पसमा ‘स्ववियु कप–२०८०’ हुँदै, यी हुन् खेलहरुः अनलाइन आवेदन भर्नुहोस्

शेयर गर्नुहोस

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह हुने भएको छ ।

जनता बहुमुखी क्याम्पस इटहरीको अतिरिक्त कार्यकलाप समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा उक्त कार्यक्रम यही माघ २४ गते देखि हुन लागेको हो ।

मंगलबार स्ववियुले एक सुचना जारी गर्दै विद्यार्थीहरुलाई सहभागिताको लागि आह्वान गरेको हो । उक्त खेलकुद समारोहमा फुटबल, भलिबल, डोरी तान, कबड्डी, म्याराथुन, टेबलटेनिस, बुद्धिचाल, छेलो, हाइजम्प, लङजम्प, लगायतको खेलहरु सञ्चालन हुनेछन् । उल्लिखित खेलहरुमा प्रतिस्पर्धाको लागि सहभागी हुन विद्यार्थीले क्याम्पसको परिचयपत्र अनिवार्य लयाउनु पर्नेछ । सहभागिताको लागि सम्बन्धित खेल संयोजकलाई सम्पर्क गरि यही माघ १९ गते भित्र आफ्नो नाम दर्ता गरिसक्नु पर्ने छ । अनलाइन आवेदनका लागि👉️ यहाँ क्लिक गर्नुहोस् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…