भोजपुरको लुङथुङमा १० बर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोस

माघ १०, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थित लुङथुङमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

आफ्नो हजुरआमा सँगै बस्दै आएकी १० बर्षीया अर्चना राई बुधबार बिहान घरैमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।

मृत शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको इलाका प्रहरी कार्यलय घोडेटारका प्रमुख विक्रम शाहले जानकारी दिएका छन् ।
बालिकाले झुण्डिएर छट्पटी रहेको अवस्थामा उनकी हजुरआमाले देखेपछि बालिका झुण्डिएको डोरी काटेर बचाउन खोजेपनि तुरुन्तै उनको मृत्यु भएको वडाध्यक्ष चन्द्रबहादुर बिष्टले जानकारी दिए ।
विगत केही समय यता आफ्नो बुबा सँगको कुराकानीमा ‘एक्लो भएँ म मर्छु’ भन्ने कुरा गर्दै आएकी उनको आत्महत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय घोडेटारका इन्सपेक्टर विक्रम शाहले जानकारी दिए । उनका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएकोे र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

स्थानीयका अनुसार उनका बुबा वैदेशिक रोजगारीमा रहेका छन । केही समय अगााडी आमाले अर्को बिहे गरेपछि एक्लो बनेका उनी आफ्नी बहीनी सँग हजुरआमाको साथमा बस्दै आएकी थिइन् ।

 

यो पनि:

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…