देश लुटेराको हातमा पुग्यो: अध्यक्ष ओली

शेयर गर्नुहोस

भोजपुर ।नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सरकारको लुटेरा प्रवृतिले देश भडखालोतर्फ धकलिएको बताउनु भएको छ । झुलाघाट–चिवाभन्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रालाई भोजपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले मुलुक लुटेराको हातमा पुगेकाले देश गरिबीतिर धकेलिएको बताउनु भयो ।
सरकार सत्ताकेन्द्रित भएपछि देश अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उहाँले बताउनु भयो । ‘अहिलेको सरकार मुलुकको समृद्धि भन्दा पनि सत्ता कसरी टिकाउने भन्नेमा केन्द्रित छ, उहाँले भन्नुभयो, ‘देश र जनताको हितविपरीत, न्यायविहीन, अनुत्तरदायी भएकैले देश गरिबीतिर धकेलिँदै गइरहेको छ, यसको निकासकालागि जनताले अव विकल्प खोज्नु पर्दछ ।’
वर्तमान अपवित्र गठबन्धन सरकार लामो समय टिक्न नसक्ने बताउँदै उहाँले मिसन ८४ मुलुकको समृद्धिका लागि एमालेको वहुमतको सरकार हुने बताउनु भयो । अध्यक्ष ओलीले प्राकृतिक, साँस्कृतिक रूपले नेपाल समृद्ध भएपनि देश सञ्चालन गर्ने व्यक्ति सहि नपर्दा जनताले दुःख पाएको सुनाउनु भयो ।
उहाँले देशलाई ब्युँझाउन, उठाउन र राष्ट्रिय एकता कायम गर्न मध्यपहाडी लोकमार्गको पदयात्रा अभियान ल्याइएको बताउनुभयो । ओलीले मध्यपहाडी लोकमार्गका जनताको माग, चाहना र आवश्यकतालाई बुझेर देशको समृद्धिको खाका तयार पार्न पनि एमालेको नेतृत्व जनताको घरदैलोमा आईपुगेको बताउनुभयो ।
केन्द्रिय नेतृत्वसहित मध्यपहाडी लोकमार्गको यात्रामा निस्कुन भएका अध्यक्ष ओलीलाई भोजपुरको पर्यटकीय क्षेत्र चखेवाभञ्ज्याङमा स्थानीय जातीय झाँकीसहित भव्य स्वागत गरिएको थियो ।
भोजपुरमा भव्य स्वागत पाएपछि निकै प्रफुल्लित हुनु भएका ओलीले अभियानमा स्थानीयले ल्याएको कोसेली सुन्तला वाँडेर स्वागत गर्नु भएको थियो । एमालेको अभियानमा स्थानीयले भोजपुर जिल्लाका उत्पादित फलफुलले स्वागत गरेका थिए । अध्यक्ष ओलीलाई भोजपुरको चखेवा भन्ज्याङ्ग,अन्नपुर्ण, दावा, वोखिम,  सदरमुकाममा भव्य स्वागत गरेका थिए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…