भोजपुरको हतुवागढीमा वैशाख ४ देखि पाचौं घोडेटार गोल्डकप हुने

शेयर गर्नुहोस

घोडेटार । हतुवागढी खेलकुद विकास समितिको आयोजनामा पाचौं घोडेटार गोल्डकप २०८० खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिकाको प्रायोजन तथा उद्योग वाणिज्य संघ घोडेटारको सहयोगार्थ हतुवागढी १ स्थित सगरमाथा माविको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।

नयाँ वर्ष २०८० को अवसर पारेर बैशाख ४ देखि १० गते सम्म सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा सहभागिताको लागि बैशाख ३ गते सम्म टिम दर्ता गराइसक्नुपर्ने छ । 7A Side साइडमा खेलाइने उक्त प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच को व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधी विजेता टिमले नगद एक लाख १० हजार, उपविजेता टिमले नगद ५५ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टिमले नगद २० हजार र सान्तवना हुने टिमले नगद १५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…