आज प्रदेश एकको नाम राख्ने तयारी, परिस्थिति बिग्रन सक्ने भन्दै दलहरूको गोप्य प्रयास

शेयर गर्नुहोस

विराटनगर । प्रदेशसभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश १ ले ‘सरप्राइज’ दिने तयारी गरेको छ ।

आजको प्रदेशसभा बैठकमा नामकरणको प्रस्ताव पेश गर्ने तयारी हुँदा प्रदेशको नाम ‘कोसी’ राख्न दलहरुबीच सहमतिको प्रयास जारी छ ।

प्रदेशसभाको बैठकमा एउटा मात्रै नामको प्रस्ताव पेश हुन्छ की एक भन्दा बढी भन्ने विषयमा दलहरूले केहि पनि बताएका छैनन् । परिस्थिति बिग्रन सक्ने भन्दै दलहरूले यो विषयलाई गोप्य राखेका छन् ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुंगो लगाउने तयारी गरिएको नेताहरू बताउँछन् ।

प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

अघिल्लो प्रदेशसभामा प्रदेशको नाम कोसी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने तयारी भएको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…