ओखलढुङ्गाबाट सवारी चालक अनुमतिपत्र वितरणका लागि अनलाइन आवेदन खुल्ला

शेयर गर्नुहोस

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –४ रुम्जाटारमा स्थापना गरिएको रुम्जाटार यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र वितरण हुने भएको छ ।

दुई वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुङ्गाबाट सवारी चालक अनुमतिपत्र वितरणका लागि अनलाइन फारम खुला गरिएको हो ।

दुई वर्षदेखि कार्यालयले ड्राइभिङ लाइसेन्स जारी गर्ने बाहेक, सवारी दर्ता, नविकरण, नामसारी, रुट परमिट जारीलगायतको काम गर्दैआएको थियो । ओखलढुङ्गा र आसपासका जिल्लाका नागरिकलाई लक्षित गरेर ओखलढुङ्गाको रुम्जाटारमा यातायात कार्यालय स्थापना भएको थियो ।

यातायातसम्बन्धी कामका लागि यसअघि ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङलगायतका आसपासका नागरिकहरु मधेश प्रदेश र बागमती प्रदेश धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । २०७७ फागुन १४ गतेबाट रुम्जाटारमा स्थापना भएको यातायात कार्यालयले नागरिकलाई सेवा दिन थालेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…