क्यानसर पिडितलाई भोजपुर परिवार दक्षिण कोरिया समाजकोे सहयोग

शेयर गर्नुहोस


भोजपुर परिवार दक्षिण कोरिया समाजले क्यान्सर पिडित रिता कटुवाललाई आर्थिक सहयोग गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार निवासि पाठेघरको क्यान्सरबाट पिडित कटुवाललाई समाजको पहलमा संकलन भएको ८६ हजार रुपैया आर्थिक सहयोग गरेको हो । समाजको तर्फबाट प्रतिनिधि कृष्ण बस्नेतले विरामि कटुवालको छोरा सुजन कटुवाललाई नगद रकम हस्तातरण गरेका हु । उपचारको क्रममा रकम अभाव भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । तीन वर्षको विचमा उपचारको क्रममा १४ लाख वढि रकम खर्च भइसकेको र थप उपचारको लागि रकम अभाव भएको छोरा सुजन कटुवालले बताए । सहयोगि मनहरुलाई धन्यवाद दिदै समाजले गरेको आर्थिक सहयोगले आमाको किमो थेरापि गराउन सहयोग पुगेको कटुवालले बताए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…