समृद्ध भोजपुरका लागि रामप्रसादराईको आगनबाट प्रेम कार्कीको ईन्ट्री

शेयर गर्नुहोस

भोजपुर । नेपालको एक स्वतन्त्र क्रान्तिकारी वीर योद्धा राम प्रसाद राई जन्माएको पवित्र भूमि हो, भोजपुर । उनै राम प्रसाद जन्मिएको रामप्रसादराई गाउँपालिका बासिखोराबाट भोजपुरको मार्गचित्र बदल्ने प्रयासले अघि बढेका छन्, प्रेम कार्की । मंसिर ४ मा तय भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदो अवस्थामा छ । भोजपुरको दुर्गम परिदृश्यलाई सुगमतातिर परिणत गर्ने दृढ संकल्पका साथ कार्की यतिबेला चुनावी मैदानमा छन् । यसपटक प्रदेशसभा २ मा एमालेको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका कार्की समृद्धिको उचाईलाई बढाउने नेतृत्वमा छन् ।
प्रजातन्त्र ल्याउन भएको २००७ सालको क्रान्तिका क्रान्तिकारी योद्धा जन्माउने रामप्रसादराईको विरासत बोकेको गाउँबाट कार्की यसपटक उम्मेदवार बनेका हुन । देशको पहिलो पार्टी नेकपा एमाले ६४ सालको निर्वाचनबाहेक अन्य निर्वाचन सधै जित्दै आएको क्षेत्रबाट कार्कीलाई उम्मेदवारी बनाएको हो । एमालेले यस अघि निर्वाचित पुर्व मुख्य मन्त्रि शेरधन राईको प्रतिनिधिसभामा उम्मेदवार बनाएपछि कार्कीले अवशर पाएका हुन । नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेका कार्की यसअघि राजनीति र समाजसेवामा क्रियाशिल थिए । एमालेको लालकिल्ला मानिने भोजपुरमा कार्कीलाई यसपटक उम्मेदवार बनाउनुलाई निकै चासो र अर्थपूर्ण रुपमा हेरिएको छ ।
निर्वाचनको चटारोसंगै चुनावी घरदैलोका क्रममा कार्की दक्षिणी हतुवागढीको घोडेटारमा भेटिँदा नेता कार्यकर्ता संगै मतदाताको घरदैलोमा पुगिरहेका थिए । पहिलोपटक निर्वाचनमा होमिएका कार्कीेको प्रतिस्प्रर्धा गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका जिल्ला सभापति विनोद बान्तावासंग हुदैछ । अन्य पनि उम्मेदवार रहेको प्रदेशसभा २ को निर्वाचनमा प्रेम र विनोदकै मुख्य प्रतिस्पर्धा छ ।
रामप्रसादराई गाउँपालिकाको सामान्य परिवारमा हुर्केका कार्की एक शालिन, बुलन्द, परिवर्तनशिल, प्रखर विचारधाराका प्रभावशाली वक्ताका गनिन्छन् । सामाजिक काममा सधैँ अग्रणी भूमिकामा देखिने कार्कीलाई पार्टीले टिकट दिएपछि चुनावी मैदानबाट समृद्धिको आकांक्षा बोकेर अघि बढेका छन् । “मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ पहिलो जित मेरो त्यहि नै हो अव मंसिर ४ मा जनताको मतबाट अनुमोदन हुन मात्र बाँकि छ” कार्की भन्छन “म एमालेको मतका साथै अन्य पार्टीका साथिहरुको शुभेच्छा र सहयोगले चुनाव जित्दैछु ।”
वि.स. २०२७ सालमा रामप्रसादराई गाउँपालिका ८, बासिखोरा वाक्चाखामा जन्मिएका कार्की गाउँबस्तीको यथार्थ समस्यासंग प्रत्यक्ष जानकार भएको उम्मेदवारको रुपमा आफुलाई चिनाउँछन । थर कार्की भएपनि बान्तावा राई भाषामा समेत राम्रो दख्खल राख्ने कार्कीलाई आम किरातीहरुले पनि नजिक ठान्छन्, उनलाई । ‘‘म भुईमान्छेहरुको प्रतिनिधि भएको कारण मेरो एजेन्डा पनि भुईमान्छेको जिवनस्तर उकास्ने नै हुनेछन् । खानेपानी, विद्युत ,यातायात, शिक्षा, पर्यटन र सञ्चार क्षेत्रमा मेरो विशेस भुमिका हुनेछ । समृद्ध भोजपुर र सुखी भोजपुरेको लागि अहिले भैरहेको विकासको जगमा टेकेर मेरो भुमिका हुनेछ ।’’ अहिले पनि जनताको माया र विश्वासले मेरो काँधमाथि जिम्मेवारी थपिसकेको कार्की सुनाउँछन् । ‘‘अब मेरो बाकि सारा जिवन वहाँहरुको सेवा विताउनुको विकल्प छैन । सबै समुदाय साइनो र सम्बन्ध सहित मिलेर बसेको गाउँ घर नै मेरा लागि आज पे्ररणा र भर बनेको छ ।’’ कार्की भन्छन् ।
‘‘विकासका हिसाबले अन्यभन्दा पछि परेको भोजपुरको दक्षिणी क्षेत्रलाई सामाजिक र भौतिक रुपमा सम्पन्न गराउने मेरो संकल्प छ । विशेषगरि बाह्रैमास चल्ने सडक, पुलको पहुँच, घरघरमा विजुलीबत्ती, सञ्चारका साधन, घरघरमा सुलभ खानेपानीको व्यवस्था गराउने मेरो सपना छ ।’’ उनी भन्छन्, ‘‘यसबाहेक युवापिँढी र महिला जनशक्तिलाई सिपमूलक काममा रोजगारी र तालिम दिन, गुणस्तरीय विद्यालयीय शिक्षालाई प्रबद्र्धन गर्न, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाभत्तालाई ग्राहयता दिन म प्रतिबद्ध छु । त्यसैले जनताको अमूल्य भोटको अपेक्षा लिएको छु ।’’
मिहिन ढंगबाट निर्वाचनमा होमिएका कार्कीले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए । एकता प्रक्रिया संगै नेकपा हुदै एमालेमा रहेका कार्कीले पुर्व माओवादी साथिहरुले पनि आफ्नो उम्मेदवार नभएको कारण आफुलाई मत आउने बताए । अन्य पार्टीको साथिहरुको पनि मलाई सहयोग र सदभाव छ जसले मलाई निर्वाचन जित्न सहज बनेको छ । गठबन्धनका उम्मेदवार प्राविधिक हिसावले मात्र अगाडि भएको कार्कीको दावि छ । काग्रेसले २ नम्बरका आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पुगिसका कार्कीले बाकि जिवन जनताको सेवामा नै विताउने प्रण गर्छन । आम्चोक गाउँपालिकाको बयाङ्ग बजारमा भेटिएका मतदाता बिमल बस्नेतले भने “एमालेले यसपटक उम्मेदवार छनौटमा सुझबुझ देखाएको पाइयो क्षेत्र र समुदाय समेत समेटेर दिएको उम्मेदवारीले पनि आशा जगाएको छ ।”
कार्कीसंगै चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तावा पनि निर्वाचन जित्नेमा ढुक्क छन् । स्थानिय तहको मत परिमाणलाई आधार मान्ने हो भने गठबन्धन चार हजार भन्दा बढि मतका साथ अगाडि देखिन्छन् । प्रेम कार्कीले जितका लागि २५ सय भन्दाबढि मत गठबन्धन दलबाट लिनु पर्ने हुन्छ । जसपाको उम्मेदवार आशकुमार राईले काट्ने मत परिमाणले पनि कार्कीको जितलाई भर गर्ने नै छ । हेरौ मतदाताको हातमा रहेको प्रेमको भविष्य के हुनेछ । जनताले प्रेम गर्नेछन् कि छैनन त्यो चाहि मंसिर ४ को जिम्मा ।

अन्य पोष्टहरु

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको…
भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस  घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको…
भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका…