हतुवागढी गाउँपालिकाको जेसिबी सापिन्टारको सालबिसौनीमा दुर्घटना
- समाचार
- August 12, 2022
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको जेसिबी दुर्घटना भएको छ ।
शुक्रबार सडक मर्मत तथा सरसफाइको लागि गाउँपालिकाद्वारा परिचालित बा १ ग ३२४७ नं. को क्याट कम्पनीको जेसीभि हतुवागढी ८ र ९ नम्बर वडाको सिमा स्थित दुर्घटना भएको हो ।
गाउँपालिकाबाट हतुवागढी -९ हसनपुर तर्फ जानेक्रममा उक्त जेसिबी सापिन्टार नजिकै सालबिसौनीमा ब्रेकफेल भई बाटोदेखी करिब १०० मिटर तल अधिकारी खोलामा खस्दा दुर्घटना भएको स्थानीय नविन्द्र चाम्लिङले जानकारी दिए ।
उक्त दुर्घटनामा हतुवागढी गापा वडा नं. ४ फलामढुङ्गाका निवासी २७ वर्षीय चालक विजय राई र सोही ठाउँका २४ वर्षीय सहचालक अनिल राईले हामफालेर ज्यान बचाएका हुन् ।
फालहान्ने क्रममा शरीरमा केही घाउचोट लागेकोले तत्काल चेकजाँच र उपचारको लागि प्राथमीक स्वास्थ्य केन्द्र घोडेटार पठाइएको उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरी चौकी हसनपुरले जनाएको छ । भिडियो: https://youtu.be/C6M6t6RAtvA