पञ्चकन्या र भिमेश्वरीका उत्कृष्ट २१ छात्रालाई आकृति स्मृती पुरस्कार वितरण

शेयर गर्नुहोस

भोजपुर । हतुवागढी गाउँपालिका -१ स्थित दुई विद्यालयका उत्कृष्ट २१ छात्रालाई स्व. आकृती निरौला स्मृति पुरस्कार प्रदान गरिएको छ ।

मंगलबार भिमेश्वरी आधारभुत विद्यालयका ९ जना र पञ्चकन्या आधारभुत विधालयका १२ जना छात्रालाई आकृती निरौला स्मृति पुरस्कार वितरण गरिएको हो ।

श्री भिमेश्वरी आधारभुत विद्यालयका कक्षा ६,७ र ८ का उत्कृष्ट ३/३ जनालाई उक्त पुरस्कार वितरण गरिएको हो । त्यस्तै हर्का स्थित श्री पञ्चकन्या भगवती आधारभुत विद्यालयका कक्षा ३, ४ र ५ का उत्कृष्ट छात्रा १० जना र अति विपन्न २ छात्रालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

२०७८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्राहरु छनोट गरि उक्त पुरस्कार वितरण गरिएको भिमेश्वरी आविकि शिक्षिका माया राईले जानकारी दिइन् ।

भोजपुर हतुवागढीमा जन्म भइ काठमाडौं स्थित रहेर स्नातकोत्तर अध्ययन साथै लोकसेवा तयारी गर्दै गरेकी आकृति निरौलाले ट्युसन सेन्टरबाट फर्कदै गर्दा २०७२ साल वैशाख १२ गतेको भुकम्पमा परी ज्यान गुमाइन् । छोरी आकृतीकै सम्झनामा उनका बुबा ओम प्रकाश निरौला र आमा सितादेवी निरौलाले दुई आधारभूत विद्यालयमा ३०/३० हजार नगद राशिको अक्षयकोष खडा गरेका हुन् ।

२०७४ सालमा स्थापना गरिएको उक्त आकृती स्मृती पुरस्कार प्रत्येक वर्षको वैशाख १२ गते वितरण गरिँदै आएको छ । विद्यार्थीहरुमा शिक्षाप्रती आकर्षण र जागरुक बनाउन वितरण गरिदै आएको उक्त पुरस्कार यसवर्ष भने वार्षिक परीक्षा साथै विविध कारणले तोकिएको मितिमा वितरण गर्न नसकिएको भिमेश्वरी विद्यालय व्यवस्थापन समिती अध्यक्ष सविता न्यौपानेले जानकारी दिइन् ।

कार्यक्रममा हतुवागढी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष कुमार बिष्ट, दलित महिला वडासदस्य सुशीला विक, विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…