चुनावी मैदानमा चन्द्र किराती, ‘पारदर्शी सेवा प्रदान गर्ने प्रतिवद्धता’

शेयर गर्नुहोस

भोजपुर । सक्रीय विद्यार्थी राजनीतिबाट उदाएका चन्द्र किराती अपरिचित नाम भने हुँदै होइन ।

भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेमा जन्मिएका किराती विद्यार्थी राजनीतिबाट उदाएर स्थानीय निर्वाचनमा होमिएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा जनता जमाजवादी पार्टी, नेकपा माओवादी पार्टी र एकिकृत समाजवादी पार्टीबीचको संयुक्त गठबन्धनका उम्मेदवार बनेका किराती संयुक्त चुनाव चिन्ह कलम लिएर चुनावी मैदानमा उत्रिएका छन् । उनले जसपाको तर्फबाट षडानन्द –२ को खुल्ला वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमीएका उनको भ्रष्टचार, अनियमितता, ढिलासुस्ती रहित जनमुखी सेवा प्दान गर्ने लक्ष्य छ ।

को हुन् चन्द्र किराती ?
गाउँकै ज्ञनोदय आधारभूत विद्यालयमा प्राथमिक तह अध्ययन गरि चन्द्र किरातीले सावित्रा मावि कुदाकाउलेबाट उच्च शिक्षा हासिल गरे । स्नातक तह जनता बहुमुखी क्याम्पस इहरीमा अध्ययनकै क्रममा सक्रीय विद्यार्थी राजनीतिमा लागेका किराती वि.सं. २०७३ सालमा सम्पन्न भएको भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्ववियु प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरे ।

उनले वि.सं. २०६७ देखि ६९ सम्म सावित्र मावि जु.रे.स. सचिव रहेर काम गरे । हरेक सामाजिक क्षेत्रमा पाइला चालेका किरातीले आफ्नो यात्रालाई निरन्तरता दिई रहेका छन् । २०७४ सालमा युवा रेडक्रस सर्कल जनता क्याम्पस समितिको सचिवको जिम्मेवारी सम्हालेका उनी क्याम्पसमा विद्यार्थी हकहितका निम्ति सदैव लागि रहने विद्यार्थी नेता मध्येकै एक उदाहरणीय हुन् ।

आदिवासी जनजाति विद्यार्थी महासंघ सुनसरी जिल्ला उपाध्यक्ष रहेका किराती जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन १ नम्बर प्रदेश समिति उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । उनी किरात राई विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाइ समिति अध्यक्ष हुँदै हाल संघको केन्द्रीय समितिको अतिरिक्त विभाग प्रमुखको भूमिकामा रहेका छन् ।

किरातीले सञ्चार क्षेत्रमा २ वर्षको अनुभव बटुलेका छन् । २०७० देखि ७२ साल सम्म गुराँस एफएमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उनी साहित्यको क्षेत्रमा निकै रुचि राख्दछन् ।

 

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…