आज २०७९ वैशाख ८ गते बिहीबारको राशिफल

शेयर गर्नुहोस

मेष । चिन्ता हटेर मन हलुका हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरायसी मनोरञ्जन हुनेछ ।

वृष । आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन । आँटेको र ताकेको कार्य पुरा होला । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट । आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ ।

सिंह । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पारिवारिक सुख पनि मिल्ला ।

कन्या । आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ ।

तुला । आज सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रविधि मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनसक्छ ।

वृश्चिक । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

धनु । आज कहीँकतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मकर । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।

कुम्भ । आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मीन । आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

अन्य पोष्टहरु

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको…
भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस  घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको…
भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका…