आमचोकमा जारी भलिबल प्रतियोगिताको फाइनलमा झापा र हतुवागढी भिड्दै

शेयर गर्नुहोस

     -अर्जुन राई अपहेलित
२० चैत, बालंखा । भोजपुरको आमचोक गाउँपालिका-४ बालंखा स्थित जारी भलिबल प्रतियोगिताको फाइनल खेल भोलि हुने भएको छ ।

आइतबार (आज) सम्पन्न पुरुष तर्फ सेमि फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरलाई हराउँदै झापा गाउँ पालिका र आमचोकलाई हराउँदै हतुवागढी गाउँपालिकाका भलिबल टिम फाइनल प्रवेश गरेको हो ।

आमचोक गाउँपालिकाको आयोजना तथा आमचोक खेलकुद विकास समितिको संयोजनमा शुक्रबार देखि जारी १ नम्बर प्रदेश स्तरीय अन्तर पालिका छौंखा साकेन्वा खुल्ला पुरुष तथा महिला भलिबल तेस्रो रनिङ शिल्ड प्रतियोगिता २०७८ को भोलि फाइनल खेल सँगै समापन हुनेछ ।

पुरुष तर्फ फाइनल खेलमा उपाधिको लागि झापा र हतुवागढी बीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै तेस्रो पुरस्कारका लागि सेमिफाइनल खेलमा पराजित षडानन्द र आमचोक भलिबल टिम बीच प्रतिस्पर्धा हुने छ ।


फाइनल प्रवेश गरेपश्चात हतुवागढी भलिबल टिमको सामुहिक तस्वीर साथमा जिल्ला खेलकुद विकास समिती भोजपुरका अध्यक्ष प्रकाश बस्नेत र हतुवागढी खेलकुद विकास समिती अध्यक्ष बालकुमार राई

आजै सम्पन्न महिला तर्फको सेमिफाइनल खेलमा रामप्रसाद राई गाउँपालिकालाई हराउँदै आमचोक महिला भलिबल टिम फाइनलमा प्रवेश गरेको छ ।  हतुवागढी र मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगाबीचको सेमिफाइनल भने भोलि हुने आयोजकले जनाएको छ ।         

प्रतियोगिता महिला र पुरुष दुवैतर्फ ८ टिमको सहभागिता रहेको आमचोक खेलकुद विकास समितीका संयोजक विनोद किरातले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ ‘ए’ पोलबाट षडानन्द नपा भोजपुर र दमक नपा झापा, टेम्केमैयुङ गापा र झापा गापा बीच पहिलो चरणको प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये विजेता टिम षडानन्द नपा र झापा गापा भलिबल टिमबीच सेमिफाइनल खेल खेलाइएको हो । पुरुष तर्फकै ‘बी’ पोलबाट रामप्रसाद राई गापा र हतुवागढी गापा, छतर गापा तेह्रथुम र आमचोक गापा भोजपुर बीच पहिलो चरणको खेल सम्पन्न भएको हो । जसमध्ये विजेता टिम हतुवागढी गापा र आमाचोक भलिबल टिम सेमिफाइनल खेल प्रवेश गरेका थिए ।

महिला तर्फ ‘ए’ पोलबाट आमचोक गापा र टेम्केमैयुङ गापा, जन्तेढुङ्गा गापा खोटाङ र रामप्रसाद राई गापा भोजपुर बीच पहिलो चरणको खेल सम्पन्न गरिएको हो । जसमध्ये विजेता टिम आमचोक र रामप्रसाद राई महिला भलिबल टिम सेमिफाइनल प्रवेश गरेका थिए । महिला तर्फको ‘बि’ पोलबाट केपिलाशगढी गापा खोटाङ र मानेभञ्ज्याङ गापा ओखलढुंगा बीच सम्पन पहिलो चरणको खेलमा विजयी टिम मानेभञ्ज्याङ गापा ओखलढुंगाका महिला भलिबल टिम सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै खेलका लागि पाँचखपन नपा संखुवासभाका महिला भलिबल टिम अनुपस्थित भए सँगै हतुवागढी महिला भलिबल टिम सोझै सेमिफाइनल प्रवेश गरेको आयोजकले जनाएको छ ।

बाँकी रहेका महिला तर्फ दोस्रो सेमिफाइनल खेल तथा महिला पुरुष दुवैतर्फ फाइनल खेल भोलि (सोमबार) बिहान ७ बजे देखि सञ्चालन गरिने समेत आयोजकले जनाएको छ ।

भोलिनै हुने प्रतियोगिताको समापन कार्यक्रम प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यता तथा आमचोक गाउँपालिका अध्यक्ष असोक राईको विशिष्ट आतिथ्यता रहनेछ ।

प्रतियोगिताको पुरुष तर्फ विजेता टिमले नगद २ लाख सहित १०१ तोला चाँदीको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५० हजार, र तेस्रो हुने टिमले नगद १ लाख साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फ विजेता टिमले नगद १ लाख ५० हजार सहित ८१ तोला चाँदीको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद १ लाख र तेस्रो हुने टिमले ५० हजार नगद पुरस्कार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने जारी सुचनामा उल्लेख छ ।

अन्य पोष्टहरु

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको…
भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस  घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको…
भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका…