हतुवागढी गाउँपालिकाद्वारा “पालिका गान/गीत” रचनाको आह्वान

शेयर गर्नुहोस

२७ भाद्र, घोडेटार । भोजपुर हतुवागढी गाउँपालिकाले “पालिका गान/गीत” रचनाको लागि आह्वान गरेको छ ।

मंगलबार पालिकाले एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

उक्त गीतमा हतुवागढीको ऎतिहासिक, साँस्कृतिक, आर्थिक,सामाजिक, परम्परा, रीतिरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटिएको हुनुपर्ने जनाइएको छ ।

उक्त सुचना प्रकाशित भएको ३० दिन भित्र इमेल आइडी hatuwagadhi.ruralmunicipality@gmail.com मा उपलब्ध गराउनु पर्नेछ । रचना ४-७ मिनेटमा संगीत भर्न मिल्ने १२-१६ लाइनको हुनुपर्ने छ । प्राप्त रचनाहरु छनोट समिती मार्फत सर्वोत्कृष्ट रचना छनोट गरि गीत रेकर्ड गरिने जारी सुचनामा उल्लेख छ ।

 

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…