ओखलढुङ्गामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
- समाचार
- April 7, 2023
ओखलढुङ्गा । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरिएको हो ।
कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।