वालाहाङ उत्थान समाजको दोस्रो अधिवेशन हतुवागढीमाः सेमुना शिलि प्रतियोगिता हुँदै

शेयर गर्नुहोस

 भोजपुर । श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजनामा अन्तर प्रा.क. स्तरीय सेमुना शिलि प्रतियोगिता हुने भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका –४ फलामढुङ्गा स्थित आगामी फाल्गुन १२ गते हुन लागेको समाजको दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्िरतयोगितामा जुनसुकै प्रारम्भिक कार्य समितिले सहभागी हुन पाउने छन् । सेमुना शिलि विशेष गरि भोजपुरको हतुवा, आमचोक र रामप्रसाद राई गाउँपालिकाका राईहरुले उधौली र उभौलीमा नाच्ने गरेका छन् । सेमुना शिलिलाई हतुवाली शिलि अर्थात बान्तावा लाकछाम भनेर पनि बुझ्न सकिन्छ । प्रतियोगितामा पहिलो हुने समूूहले नगद १५ हजार, दास्रो हुने समूहले नगद १० हजार र तेस्रो हुने समूहले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सेमुना शिलि प्रतियोगितामा सहभागिताको लागि ६ जना महिला र ६ जना पुरुष गरि कम्तिमा १२ जना हुनु पर्नेछ । अधिकतम सहभागी भएतापनि समूहमा पुरुष र महिलाको संख्या बराबर हुनुपर्ने आयोजकले जनाएको छ ।

“पहिचान पुःन प्राप्तिका लागि, संसारका वालाहाङ्गहरु गोलबद्ध हौैं ।” भन्ने मूल नाराका साथ हुन लागेको उक्त अधिवेशनमा वालाहाङ जेष्ठ नागरिक तथा सांस्कृतिक मुन्धुमविद सम्मान साथै सांगितिक तथा सांस्कृतिक कार्यक्रम समेत रहने छ । कार्यक्रममा सम्पूर्ण जिल्लाका वंश बन्धु र छोरीचेलीहरुमा समेत उपस्थितिको लागि उत्थान समाजले आह्वान गरेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…