इटहरीमा तामाङ घेदुङद्धारा आयोजित ‘सोइनाम’ साँझ

शेयर गर्नुहोस

माघ १४,  इटहरी । सुनसरीको इटहरी ५ स्थित जनताबस्तीमा तामाङ समुदायको सोइनाम गि (देउसीभैलो÷घरदैलो) कार्यक्रम सम्पन्न गरिएको छ ।

शनिबार साँझ नेपाल तामाङ घेदुङ इटहरी ५ नं. वडा समितिले तामाङ ह्युल्बाको महान चाड २८५९ सोनाम ल्होछारको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

ख्याप्सो (ल्होछार लगायत चाडपर्वमा खाइने तामाङ समुदायको विशेष परिकार)

नेपाल तामाङ घेदुङ इटहरी नगर अध्यक्ष मोहन लोप्चनको उपस्थितिमा सम्पन्न कार्यक्रममा ख्याप्सो (ल्होछार लगायत चाडपर्वमा खाइने तामाङ समुदायको विशेष परिकार) प्रदर्शन साथै इटहरी ५ स्थित सञ्चालित रक एण्ड रोल डान्स स्टुडियोका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

तामाङ घेदुङ इटहरीले तामाङ समुदायको भाषा संस्कृतिलाई संरक्षण र पुस्ता हस्तान्तरणको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको घेदुङ नगर अध्यक्ष मोहन लोप्चनले बताए । उनले भने, ‘तामाङ समुदाय मात्रै नभएर आदिबासी समुदायहरुको नयाँ पुस्तामा भाषाको ज्ञान लोप हुँदै गएको छ । मातृभाषा लोप भएमा समुदाय नै लोप भएर जाने छ । स्थानीय सरकारले भाषाको पाठ्क्रम निर्माण गरि पठनपाठन गर्नुपर्ने हुन्छ त्यसमा हामीले इटहरीका तामाङ बालबालिकालाई भाषा शिक्षणको व्यवस्था गर्न लागि रहेका छौं ।’

माघ ९ गते देखि इटहरी उपमहानगर पालिकाको विभिन्न वडाहरुका सोइनाम कार्यक्रम गर्दै आएको नेपाल तामाङ घेदुङले जनताबस्ती स्थित घेदुङ इटहरी नगर सचिव रत्न योञ्जनको घर परिसरमा समापन कार्यक्रम गरेको हो ।

आफ्नो भाषा संस्कृति संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले सबै समुदाय लक्षित गरेर सोइनाम कार्यक्रमको आयोजना गरिएको घेदुङ इटहरी सचिव रत्न योञ्जनले बताए । उनले आगामी दिनमा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै सामाजिक कार्यमा जुट्ने योजना रहेको बताएका छन् ।
सोमबार (भोलि) इटहरी ५ स्थित रहेको टासी छेलिङ गुम्बा परिसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना रहेको छ ।

सोनाम ल्होछारलाई तामाङ जातिले नयाँ वर्षको आरम्भको रूपमा मनाउने गर्दछन् । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम ल्होछार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…