अलैंची जोन सञ्चालक समिती भोजपुरको अध्यक्षमा गुणाराज राई

शेयर गर्नुहोस

भोजपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभा जोन (प्राविधिक ) इकाई भोजपुर अलैंची जोन सञ्चालक समितीको संयोजकमा गुणाराज राई सर्व सम्मत चयन भएका छन् ।

शुक्रबार बसेको जोन समन्वय समितीको बैठकले ९ सदस्यीय समिती गठन गरेको छ ।

राई संयोजकत्वमा ९ सदस्यीय अलैंची जोन सञ्चालक समिती गठन भएको प्रधानमन्त्रीकृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । विधान र निर्देशिका अनुसारनै जोन सञ्चालक समिती गठन गरिएको प्रमुख गुरुङले बताए । अलैंची जोन सञ्चालक समितीको कार्यकाल २ बर्ष रहने प्रवधान छ । अलैंची जोन कार्यक्रम संखुवासभा र भोजपुर जिल्लाको २२ सय ७६ हेक्टरमा सञ्चालनमा छ । जोन सञ्चालक समिती गठन जिल्ला समन्वय समिती भोजपुरका प्रमुख कलम थुलुङ राईको उपस्थितीमा भएको थियो । सोही कार्यक्रममा अघिल्लो जोन संचालन समितीलाई विधाई समेत गरिएको थियो ।

भोजपुरको षडानन्द, भोजपुर नगरपालिका,अरुण गाउँपालिका,टेम्केमँयुम, रामप्रसाद राई र आमचोक गाउँपालिकाका भित्रका ३० वडाहरुमा अलैंची जोन कार्यक्रम सञ्चालनमा छ । जोन क्षेत्रमा भएका विद्यमान प्रविधि र पूर्वाधारहरुको अभिलेख तयार सहयोग गर्ने र जोन संचालन अवधिको कार्ययोजनामा समितीले सहजिकरण गर्नेछ । पछिल्लो समय अलैंचीको बजार व्यवस्थापन र मुल्य निर्धारण नहुदाँ अलैचीं कृषक मारमा परेको भन्दै मुल्य निर्धारणका लागि सरोकारवाला निकायले ध्यानु दिनु जरुरी भएको प्रमुख गुरुङको भनाइ छ ।

अलैंचीको भाउमा आएको भारी गिरावट र अलैंचीमा लाग्ने रोग गर्दा किसान झन् मारमा पर्ने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाईले अलैचीं, सुन्तला,धान,मकै, गँहु, आलु तरकारी, माछा लगायतका कृषि क्षेत्रमा विगत ७ बर्ष देखि काम गर्दै आएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…