सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश, मुद्धाको फैसला नभएसम्म नेपालबाहिर जान नपाउने

शेयर गर्नुहोस

काठमाडौं । नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश जारी भएको छ ।

बिहीबार (आज) उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलासको १९ पन्ने जारी गरेको आदेशको १७ पन्नाको बुँदा ‘क’ मा मुद्धाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । साथै, सन्दीपको राहदानी रोक्का राख्न गृह मन्त्रालयलाई पत्रचार गर्न पनि आदेशमा भनिएको छ ।

यस्तै, उक्त आदेशको बुँदा ‘ख’मा मुद्धाको विषयमा कुनै सामग्री प्रकाशन, प्रसारण गर्न नपाइने भनिएको छ । यस्तै, बुँदा ‘ग’ मा पीडित किशोरी र उनको परिवारसँग सम्पर्क, भेटघाटमा नरहन आदेशन दिइएको छ । काठमाडौं उपत्यका छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ भने जाने र छाड्ने मिति पनि यकिन गर्न भनिएको छ ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि १८ वर्षीया नाबालिगमाथि जर्बस्तीकरणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

सन्दीपविरुद्ध गत भदौँ ५ को राति तिलगंगाको एक होटलमा नाबालिग युवतीलाई लगेर जबर्जस्तीकरणी गरेको भदौँ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो । गौशालमा उजुरी दर्ता भएको भोलिपल्ट २२ गते प्रहरीले सन्दीपमाथि अनुसन्धान सुरु गरेको थियो।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…