संघ र प्रदेशसभा उम्मेदवारको लागि नेपाली कांग्रेस भोजपुरबाट ३५ जनाको नाम सिफारिस

शेयर गर्नुहोस

१७ भाद्र, भोजपुर । नेपाली कांग्रेस भोजपुरले आगामी ४ मङ्सिरमा हुने निर्वाचनका लागि ३५ जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार पार्टी कार्यलय भोजपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ३५ जनाको नाम प्रदेश समितिमा सिफारिस गरिएको जनाएको हो ।

नेपाली कांग्रेस भोजपुरले गठबन्धन दलमा सिटका विषयमा टुंगो लागिनसके पनि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवारको नामावली प्रदेश समितिमा पठाएको हो ।

भोजपुरमा प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभा तर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको छ ।

भोजपुरमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि कांग्रेसले उमेश जंग रायमाझी, विनोद बान्तवा र शिव खत्रीको नाम सिफारिस गरेको छ ।

यस्तै समानुपातिकतर्फ सिफारिस हुनेमा धर्मराज राई, नन्दमणि राई, बालकृष्ण थापा, माया राई र शिशिरा राईको नाम गरेको छ ।

प्रदेश ‘क’ तर्फको प्रत्यक्षतर्फ उत्तमकुमार चापागाईँ, गजेन्द्रबहादुर कार्की, बाबुराम बस्नेत र हेमन्त मुकारुङ राईको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ आङबाबु शेर्पा, टंकबहादुर पाण्डे, बालकृष्ण राई, वीरबल राई, राजेन्द्र राई र रोहित विकको नाम प्रदेश समितिलाई सिफारिस गरिएको छ ।

यस्तै प्रदेश ‘ख’ तर्फको प्रत्यक्षतर्फ गोविन्दबहादुर कार्की, दिनेश कार्की, सूर्यप्रसाद राई, मदनबहादुर खुलाल, नारायणबहादुर राउत, अमृत राई, गणेश राई, दिनेश घिमिरे र महेश बस्नेतको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ धीरेन्द्रकुमार श्रेष्ठ, विश्वनाथ पराजुली, निरकुमार विश्वकर्मा, सितारा राई, निर्मला खड्का, शुभचन्द्र राई, पार्वती श्रेष्ठ र राजन खतिवडाको नाम पठाइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…