हतुवागढीमा एमाले उम्मेदवार प्रेमकुमार राईको अग्रता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढीमा गए राती देखि मतगणना जारी रहेको छ ।

हाल सम्म वडा नम्बर १ को मत गणना सम्पन्न भइ सकेको छ भने वडा नम्बर ९ र २ को गणना जारी रहेको छ ।

अहिले सम्मको गणनामा नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राईको अग्रता कायम रहेको छ । पालिका प्रमुखमा राईले ९४४ र गठबन्धनका उम्मेदवार गजेन्द्र बहादुर कार्कीले ८५७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवार कमला राईले ८७४ र गठबन्धनका उम्मेदवार सुनिता किरातीले ८९० मत प्राप्त गरेका छन् ।

हतुवागढी १ को वडाध्यक्ष पदमा एमाले उम्मेदवार कुमार बिष्ट निर्वाचित भइ सकेका छन् । १ नम्बर वडाबाट पालिका प्रमुखमा एमाले उम्मेदवार राईले ३७१ र गठबन्धन उम्मेदवार कार्कीले ३८६ मत पाए । उपाध्यक्षमा एमाले उम्मेदवार कमला राईले ३७८ र गठबन्धन उम्मेदवार सुनिता किरातीले ८९० मत प्राप्त गरेका छन् ।

मत गणना जारी रहेको वडा नम्बर ९ को ८०० मत गणना सम्पन्न भइ सक्दा पालिका प्रमुखमा एमाले उम्मेदवार राईले ४१४ र गठबन्धन उम्मेदवार कार्कीले ३४० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा कमला राईले ३३९ र सुनिता किरातीले ३९८ मत प्राप्त गरेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…