हतुवागढीमा एक मात्रै महिला वडाध्यक्षकी उम्मेदवार साइतीमायाः ‘महिला सशक्तीकरणमा जोड’

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका–९ को वडाध्यक्षमा साइतीमाया राईले उम्मेदवारी दिएकी छिन् ।

गत निर्वाचन २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा सदस्य समेत रहेका राईले यसपटक वडाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

उम्मेदवार छनोटमा अन्य दलले पुरुषलाई मात्रै समावेश गरेको अवस्थामा नेपाली कांग्रेसले भने महिलालाई पनि अघि सारेको हो । हतुवागढी गाउँपालिका अन्तर्गत ९ वटै वडामध्येको साइतीमाया एक मात्रै महिला वडाध्यक्षको उम्मेदवार हुन् ।

महिलाको हक अधिकार सुनिश्चितताको लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । तत्कालिन हसनपुर गाविस हुँदा देखि नै समाजिक कार्य तथा महिलाको हकहितका लागि चासो राख्दै आएकी उनी हाल नेपाली कांग्रेसको वडा समिति सदस्यको जिम्मेवारीमा रहेकी छिन् ।

अघिल्लो निर्वाचनमा वडा सदस्य रहेर काम गरेको अनुभवको आधारमा अधुरा कामहरु सम्पन्न गर्नका लागि समेत आफ्नो उम्मेदवारी रहेको राईले बताइन् । पछिल्लो समय अन्य उम्मेदवारको तुलनामा शैक्षिक योग्यता कम रहेको भन्ने हल्ला फैलाइएको प्रति उनको गुनासो छ । उनले भनिन्, “अहिले शिक्षाको कुरामा जस जसले दोमन बनाएको छ । तर त्यसलाई वेवास्ता गर्दै महिलाहरुको हकहितका लागि अघि बढ्छु भनेर लागेको छु, यो चुनावमा कसैले अघि बढाएको पनि होइन ।”

अघिल्ला विकासका योजनाहरुलाई निरन्तरता दिने उनको लक्ष्य छ । वडाको आवश्यकता पहिचान गरि सोही अनुसार आगामी योजना तयार गर्ने र त्यसको कार्यन्वयन गर्ने उनले बताइन् । महिलालाई सुपमूलक कार्यमा सहभागी गराउने, स्वरोजगार, कृषि लगायत महिला सशक्तिकरणको विषय उनको प्राथमिकतामा रहेको छ ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…