गठबन्धन विपरित भोजपुरको पौवादुङ्मामा कांग्रेस र माओवादी एक्लाएक्लै चुनावमा जाने

शेयर गर्नुहोस

 भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकामा गठबन्धनको निर्णय विपरित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एक्ला एक्लै चुनावमा जाने भएका छन् ।

बुधबार नेपाली कँंग्रेस र माओवादी केन्द्र पौवादुम्मा गाउँ कार्य समितिले संयुक्त रुपमा एक धारणा पत्र सार्वजनिक गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

यही वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा दुवै दलले गठबन्धन नगरी आ–आफ्ना दलबाट उम्मेदवार मनोनयन गरि स्वच्छ प्रतिस्पर्धा गर्ने जनाएका छन् । उक्त निर्णयको कार्यन्वयनका लागि भोजपुर जिल्ला स्थानीय तह निर्वाचन २०७९ गठबन्धन समिति समक्ष अनुरोध समेत गरिएको छ ।

दुवै दलको संयुक्त धारणा पत्रमा पौवादुङ्मा कांगेस सभापति मनोज कार्की र मोओवादी अध्यक्ष सन्तोष मुक्मिन राईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

आशन्न स्थानीय तह निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ ५ दलीय गठबन्धनका दलहरुले भोजपुरमा स्थानिय तहको भागबण्डा यसअघि नै टुंग्याएका छन् । जसमध्ये काग्रेसलाई ५ माओवादीलाई २ वटा स्थानिय तह भागमा परेको हो ।

आम्चोक र अरुण गाउँपालिका बाहेकका स्थानिय तह र जिल्ला समन्वय समितिको भागबन्डा भएको हो । जसमा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका ,साल्पासिलोछो गाउँपालिका, हतुवागढी गाउँपालिका , टेम्केमैयुङ गाउँपालिकाको प्रमुख काग्रेसको भागमा परेको छ । माओवादीको भागमा पौवादुम्मा र रामप्रसादराई गाउँपालिका परेको छ । उपप्रमुखमा रामप्रसादराई पौवादुगमा गाउँपालिका काग्रेसले लिएको छ ।

माओवादीले साल्पासिलोछो गाउँपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिका लिएको छ । नेकपा एकिकृति समाजवादीले भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाको उपप्रमुख लिएको छ । जिल्ला समन्वय समितिमा भने जनता समाजवादी पार्टीले लिने तथा आम्चोक र अरुण गाउँपालिकामा स्वास्थ्य प्रतिस्पर्धा गर्ने निर्णय गरिएको थियो ।

तर, स्थानिय तहको भागबण्डा टुंग्याएको गठबन्धन एक दिन नबित्दै जनता समाजवादी पार्टी बाहिरिएको छ भने माओवादी नेता कार्यकर्ताले असन्तुटि जनाएका थिए ।

एउटा पनि स्थानिय तहको नेतृत्व नपाएपछि जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिने भएको हो । मंगलबार जसपा जिल्ला सचिव नरराज काङमाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त निर्णय जानकारी गराएका हुन् । काङमाङ लेख्छन्, “जनता समाजवादी पार्टीको आज २०७९/०१/०६ गते बसेको अपर्झट बैठकले भोजपुर जिल्लामा भएको गठबन्धनको निर्णयप्रति सम्मानजनक सहभागिता नभएको निष्कर्ष निकाल्दै गठबन्धनबाट बाहिरिने निर्णय गरियो ।”

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…