हतुवागढी-९ हसनपुरमा वडास्तरीय भलिबल प्रतियोगिता हुने

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका-९ हसनपुर स्थित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

हतुवागाढी-९ खेलकुद कार्यक्रम उपभोक्ता समितीद्वारा आयोजित उक्त प्रतियोगिता चैत २९ गते देखि २०७९ वैशाख १ गते सम्म सञ्चालन हुनेछ ।

हसनपुर स्थित जनसेवा माविको खेलमैदानमा हुन लागेको उक्त पुरुष भलिबल प्रतियोगितामा जुनसुकै वडा अन्तर्गतका खेलाडीहरु सहभागी हुन पाउने छन् ।

खेलमा सहभागिताको लागि चैत २८ गते बेलुका ४ बजे भित्र टिम दर्ता गराइ सक्नुपर्नेछ । खेलाडीहरु सम्बन्धित वडाको हुनुपर्ने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा हतुवागढी गाउँपालिका भित्रका वडाहरुलाई टिम दर्ता शुल्क लाग्ने छैन भने अन्य पालिकाका वडाहरुलाई प्रत्येक टिमको २ हजार दर्ता शुल्क लाग्ने जारी सुचनामा उल्लेख छ ।

नयाँ वर्ष २०७९ लक्षित गरेर आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा प्रथम हुने समुहले नगद ६१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै दोस्रो हुनेले नगद ४१ हजार, तेस्रो हुनेले २५ हजार र चौथो हुनेले १५ हजार साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…