होम्ताङ साकेन्वा मेलामा लिला राई र सुरेश राई आउदै

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी -५ होम्ताङ स्थित ‘साकेन्वा सिली मेला २०८०’ मा गायक सुरेश राई आउने भएका छन् ।

साकेन्वा संरक्षण तथा पुजा समितीको आयोजनामा मंसिर ३ देखि ११ गते सम्म सञ्चालित मेलामा मंसिर ३ गते आइतबार गायक सुरेश राईको आगमन हुने आयोजक समितिले जनाएको हो ।

हतुवागढी ४ लुङथुङमा जन्मिएर पुर्वेली लोकभाका र आधुनिक गितहरुमा आवाज दिएका उनको ‘सुनको गजुर’, ‘पिपलु छाँया’, ‘नजिक आए म प्रीय’, ‘भैयो कोइन कोइ’ र ‘इमो नम्बर’ चर्चामा रहेका छन् ।

त्यस्तै मंसिर ७ गते बिहीबार पुर्वेली लोक गीतका चर्चित गायिका लिला राईको प्रस्तुति रहने भएको छ । होम्ताङमा जन्मिएर पुर्वेली भाका र राई बान्तावा भाषाका गितहरुमा आवाज दिएकी गायिका लिलाको ‘धरान धनकुटा भेडेटार’ गित निकै चर्चामा रहेको छ । त्यस्तै उनको स्वर रहेको ‘छलल छल्छली’, ‘बुङ्वा बारा बुङ्वाखाडा’, ‘सुम्निमा पारुहाङ’ ‘किराती भेषमा’ लगायतको गीतहरु रहेका छन् ।

उक्त मेलामा प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेला प्रचार प्रसार समितिले जनाएको छ ।

संस्कृति संरक्षण र संवर्द्वन तथा कृषि, पर्यटन, व्यापारको विकासको लागि मेला आयोजना गरिएको हो । उक्त मेलामा स्थानीय उत्पादन प्रदर्शनको लागि स्टलको व्यवस्था गरिने भएको छ ।

हतुवागढी गाउँपालिका वडा नं. ५ र ६ को संयुक्त प्रायोजन र साकेन्वा संरक्षण तथा पुजा समिति हतुवागढी ५ द्धारा आयोजित साकेन्वा सिली मेलाको अवसरमा उक्त प्रतियोगिता हुने भएको हो ।


प्रतियोगितामा खुल्ला रुपमा जुनसुकै गाउँपालिका तथा नगरपालिका अन्तर्गतका सम्बधित वडाबाट पुरुष तथा महिला खेलाडीले खेल्न पाउनेछन् । नकआउटको आधारमा हुन लागेको उक्त प्रतियोगितामा सहभागिताको लागि मंसिर ५ गते सम्म आफ्नो खेलाडी समूह दर्ता गराइ सक्नु पर्नेछ ।

हतुवागढी ५ र ६ को साकेन्वा खेल मैदानमा हुने उक्त प्रतियोगिता मंसिर ६ गते देखि ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ विजेता समूहले रु. ७५ हजार र उपविजेता समूहले रु. ३५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै सेमिफाइनल पुग्न सफल दुई टिमलाई नगद रु. ५ हजार सान्त्वना पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै, महिला भलिबल प्रतियोगिता तर्फ विजेता समूहले रु. ३५ हजार र उपविजेता समूहले रु. २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमिफाइनल खेल्ने दुई टिमलाई नगद रु. २५ सय र साथमा प्रमाण पत्र सान्त्वना स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त मेलामा मंसिर ३ देखि ५ गते सम्म हतुवागढी ५ र ६ वडा अन्तर्गत टोल विकास संस्था स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । यस टोल विकास संस्था स्तरीय भलिबल र डोरी तान प्रतियोगितामा भने ५ र ६ नं. वडाका खेलाडी मात्र सहभागी हुन पाउने छन् ।

टोल विकास संस्था स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ विजेता टिमले रु. १५ हजार र उपविजेता टिमले रु. १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन्, भने महिला तर्फ विजेता टिमले रु. १० हजार र उपविजेता टिमले रु. ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै हतुवागढी ५ र ६ वडा अन्तर्गत टोल विकास संस्था स्तरीय डोरी तान प्रतियोगितामा पहिलो हुने समूहलाई १० हजार, दोस्रो हुने समूहलाई ८ हजार र तेस्रो हुने समूहलाई ६ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस मेलामा खुल्ला हतुवाली सिली प्रतियोगिता हुनेछ । हतुवाली सिली प्रतियोगितामा प्रथम हुने समूहले रु. १५ हजार, दोस्रोले रु। १० हजार र तेस्रो हुने समूहले रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मंसिर ३ गतेदेखि ११ गतेसम्म मेला अवधीभर प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारको गायन, नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । रोटे पिङ, लिङ्गे पिङ साथै स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री वितरण मेलाको प्रमुख आकर्षण रहने छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…