भोजपुर गोल्डकपमा ट्राइबेकरमा भारतलाइ हराउँदै मोरङको विजयी शुरुवात

शेयर गर्नुहोस
खेलको म्यान अफ द म्याच डाँगीहाट युथ क्लब मोरङका जर्सी नम्बर १६ का गोलकिपर चरी लिम्बूलाइ नगद रकम तीन हजार पाँच सय प्रदान गरिदै

भाेजपुर ।  भोजपुरमा जारी सर्वाधिक पुरस्कार राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिता अन्तर्गत ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फबाट एक–एक गोल भएपछि ट्राइबेकरमा खेलाइएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ ।
निर्धारित समयमा भारतका लागि खेलको २०औँ मिनेटमा जर्र्सी नम्बर–६ का खेलाडी बिरेन प्रधानले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । मोरङका तर्फबाट जर्सी नम्बर ६ का विशाल पाण्डेले खेलको ७४औँ मिनेटमा एक गोल गर्दै खेललाई बराबरी गरेका थिए ।
खेल बराबरी भएपछि समय थप नगरी सिधा ट्राइबेकरमा खेल सञ्चालन गरिएको थियो । ट्राइबेकरमा डाँगीहाट युथ क्लब मोरङका तर्फबाट विवेक राई, प्रवीण राई, धिरेन विष्ट र सन याक्खाले चार गोल गरे भने युकेएफसी भारतका तर्फबाट पेमा लामा, तुसार विश्वकर्मा र साहिल राईले तीन गोलमात्र गर्न सफल भए ।
खेलको म्यान अफ द म्याच डाँगीहाट युथ क्लब मोरङका जर्सी नम्बर १६ का गोलकिपर चरी लिम्बू भएका छन् । शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई दुईका विरुद्ध चार गोल गर्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका छन । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी रहेको खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिनुभयो ।
आइतबारको तेस्रो खेल गोर्खा ब्वाइज रुपन्देही र भगवती स्पोर्ट क्लब खोटाङका बीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो ।

 

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…