घुस लिने गरेको भन्दै धनकुटामा यातायात कार्यालयका प्रमुखलाई कालोमोसो दलियो

शेयर गर्नुहोस

  धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुईंटेललाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ ।

लुईंटेलले सेवाग्राहीबाट घुस लिने गरेको भन्दै उनलाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले बुधबार कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

पार्टीका संयोजक मोहन घलेले एक विज्ञप्ती जारी गर्दै लुईंटेलले आफू मातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा घुस लिएको आरोप लगाएका छन् ।

लुईंटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सरकारी निती अनुसार प्रकृया पुर्याएर उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स दिन सेवाग्राहीबाट प्रतिगोटा १२ हजार देखी १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले उनलाई चेतावनीसहित सांकेतिक कारबाही गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

लुईंटेलले घुस लिने गरेको विषय जिल्ला संगठन समिती अन्तरगत न्यायिक समितिमा जाहेरी आएको र छानबिन र अनुसन्धान गर्दा प्रमाणित भएको भन्दै उनीहरुले कालोमोसो दलेको बताएका छन् ।

तर घटनाबारे कार्यालय प्रमुख लुइँटेलले आफू कार्य कक्ष बाहिर रहेको बेला दुर्व्यवहार गरिएको बताए । ‘कार्य कक्ष बाहिर प्यासेजमा रहेको बेला मलाई कालो मोसो दलियो ‘ उनले भने, ‘मैले अतिरिक्त रकम लिएको छैन, तर दुर्व्यवहार गरियो ।’

घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

भिडियोः

 

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…